‘कप्स’को ‘तिमी र म’ पहिलो गीत रिलिज (भिडियो)

‘कप्स’को ‘तिमी र म’ पहिलो गीत रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी बैशाख २७ मा प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘कप्स’को पहिलो रोमान्टिक गीत सार्वजनिक गरिएको छ । टर्कीका विभिन्न रमणीय स्थानहरुमा खिचिएको ‘तिमी र म’ बोलको गीतमा अभिनेता अनुपविक्रम शाही र डेव्यु अभिनेत्री सन्दिपा लिम्बुलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

बिहीवार राजधानीमा आयोजीत एक कार्यक्रमका बीच सिनेमाको पहिलो गीत सार्वजनिक गरिएको हो । पहिले चैत्र ८ गतेलाई प्रदर्शन मिती तय गरेको निर्माण टिमले अनुपविक्रम शाही अभिनित दुई सिनेमा एक हप्ताको फरकमा रिलिज हुने भएपछि कप्सको रिलिज मिती पोस्टपोन्ड गरेको हो । सार्वजनिक गीतमा संगीतकार तथा गायक विजय घिमिरेको शब्द, संगीत र स्वर छ । भने उनलाई फिमेल भ्वाइसमा नितु घिमिरेले साथ दिएकी छन् । शिशिर खातीको कोरियोग्राफी रहेको गीतमा अनुप र सन्दिपाको केमेस्ट्री सुहाएको छ ।

यो सिनेमामा अनुपविक्रमले डीएसपी अमन सिंहको भूमिका निर्वाह गरेका छन् । प्रायः हिरोसँग बदला लिने चरित्रमा मात्र प्रस्तुत हुँदै आएका उनले यसमा एक सच्चा प्रहरी अधिकृतको भूमिका निभाएको बताए । सिनेमालाई सम्राट सापकोटाले निर्देशन गरेका हुन् । ‘कप्स’मा अनुपविक्रम र संन्दीपाका अलवा अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’को संयुक्त व्यानरमा निर्माण भएको सिनेमालाई राम शाक्यले निर्माण गरेका हुन् । कप्सले पोलिटिक्स, प्रहरी, पत्रकार र जनताको कथा उठान गरेको निर्देशक सापकोटाको भनाई छ । एक्सन र लभस्टोरी जनरामा बनेको सिनेमामा सुशान्त प्रजापतिको छायांकन, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी, विजय घिमिरे र स्वयम्भुराज शाक्यको संगीत, अष्ट महर्जनको द्वन्द्व, विपिन मल्लको सम्पादन रहेको छ ।