भन्सालीको सिनेमामा सलमान र दिपिकाको जोडी बाधिने चर्चा ?

भन्सालीको सिनेमामा सलमान र दिपिकाको जोडी बाधिने चर्चा ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – केही दिन देखि बलिउड मिडियामा बलिउड अभिनेता सलमान खान र निर्देशक सञ्जयलीला भन्सालीबीच १९ वर्षपछि पुन:टिमअप हुने चर्चा भैरहेको छ । यो खबर सञ्जयलीला भन्सालीको नजिकको श्रोतबाट बाहिरीएको थियो । त्यसको केही दिनपछि बाटै सञ्जय र सलमानको हिरोइन दिपिका पादुकोण हुने चर्चा बलिउड मिडियामा छाएको छ । अहिलेसम्म यस्ता कुनैपनि विषयमा भन्सालीले मुख खोलेका छैनन् । तर बलिउड मिडियालाई आधार मान्ने हो भने यो सिनेमामा सञ्जयले सलमान र दिपिकाको जोडी बाँध्ने सोच बनाइसकेका छन् ।

सुपरस्टार सलमान खान जति सहजसँग एक्सन सिनेमामा काम गर्छन् त्यति नै सहज रोमान्टिक सिनेमामा पनि हुन्छन् । साल १९९९ मा आएको सञ्जयलीला भन्सालीको सिनेमा ’हम दिल दे चुके सनम’ लाई कसैले विर्सन सक्दैन् । यो सिनेमामा सलमान खान र एश्वर्या राय बच्चन एकसाथ देखिएका थिए, सिनेमाले बलिउड बक्सअफिसमा कमालको ब्यापार गरेर सुपरहिट साबित भएको थियो ।

सञ्जय र सलमानको एक रोमान्टिक लभस्टोरी सिनेमाको लागी टिमअप हुदैछ । चाँडै सिनेमाको छायांकन सुरु हुने बताइएको छ । सलमान र भन्साली टिमअपका लागि केही समययता लगातार छलफलमा थिए । दुबै एकअर्कासँग काम गर्न निकै उत्साहित रहेको भारतीय मिडियाहरुले बताएका छन् । सञ्जय अहिले एक साथ तीन स्क्रिप्टमा काम गरिरहेका छन् । पहिला त उनले अरु नै एक्टर्ससँग काम गर्ने सोच बनाएका थिए, तर अब सलमान खानसँग साथ काम गर्ने फैसला लिएका छन् । १९ वर्षपछि दुईबीच टिमअप हुनुले दर्शक भने सरप्राइज भएका छन् ।

अहिले सलमान आफ्नो नयाँ सिनेमा ’भारत’ को छायांकन सकाएका बसेका छन् । भने यसपछि सलमान उनका भाई अरबाज खानले निर्माता तथा प्रभु देवाले निर्देशन गर्ने सिनेमा दबंग ३ मा व्यस्त हुनेछन् । त्यसपछि मात्रै सलमानले सञ्जयको सिनेमालाई समय दिनेछन् । यदि सञ्जयको सिनेमामा सलमान र दिपिकाको जोडी पक्का भएको खण्डमा पहिलो पटक काँचको पर्दामा यो जोडीलाई दर्शकले हेर्न पाउने छन् ।