हरिहर र कृष्टिनको ‘शुभलभ’को ट्रेलर रिलिज (भिडियो)

हरिहर र कृष्टिनको ‘शुभलभ’को ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी चैत्र १५ गतेबाट रिलिज हुने सिनेमा ‘शुभलभ’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार सामाजिक सञ्जाल युट्युबबाट सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । युवा ज्योतिष हरिहर अधिकारले काँचको पर्दामा हिरो रुपमा डेब्यु गर्दैछन् । सिनेमाको कथामा मुख्य पात्रको चरित्र केही हदसम्म आफ्नो जीवनमा मेल खाने हरिहर अधिकारीले बताए । ‘शुभलभ’मा हरिहर अधिकार र कृष्टिन पौडेलको जोडी बाँधिएको छ ।

बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता श्री प्रदीप कुमार उदय हुन् । सिनेमालाई पुराना निर्माता तथा निर्देशक सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । सिनेमामा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ । आफु लामो समय पश्चात सिनेमा निर्माण तथा निर्देशनमा फर्किएकाले पनि ‘शुभलभ’लाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नछाडेको निर्देशक लोहनीको भनाई छ ।

‘शुभलभ’मा हरिहर अधिकारी र कृष्टिन पौडेलको अलवा सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, डाक्टर सुर्या थापा, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । भने निर्माता तथा हल सञ्चालक श्री प्रदीप कुमार उदय ‘शुभलभ’मा अतिथी कलाकारको रुपमा देखिनेछन् ।

सिनेमामा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, कोरियोग्राफी रामजी लामिछाने, रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्धन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।