‘साईनो’को पहिलो गीत ‘मायालुलाई जात्रैमा भेटियो’ रिलिज (भिडियो)

‘साईनो’को पहिलो गीत ‘मायालुलाई जात्रैमा भेटियो’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अर्को वर्षको जेष्ठ १० गतेलाई आफ्नो प्रदर्शन मिती फाइनल गर्दै सिनेमा ‘साईनो’को पहिलो गीत सार्वजनिक गरिएको छ । १० वर्ष पहिले निर्माण भएको सुपरहिट सिनेमा ‘साईनो’को नाम सापटी लिएको यो सिनेमालाई ‘आमा’ फेम्ड अभिनेत्री भुवन थापा चन्दले निर्माण गरेकी हुन् । सार्वजनिक लाके फ्लेवरको गीत ‘मायालुलाई जात्रैमा भेटियो’को सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजा गरि सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार मिरुना मगर र राज कुमारलाई फिचर्ड गरिएको छ । बसन्त सापकोटाको संगीत रहेको गीतमा प्रताप दास र मेलिना राईको स्वर छ । बरिष्ठ गीतकार चेतन कार्की गीतको शब्द लेखेका हुन् । गीतको भिडियोमा राज र मिरुनाले कोरियोग्राफर रामजी लामिछानेको डान्स स्टेप फलो गरेका छन् ।

नेपालकी प्रथम नायिका भुवन चन्द थापाले यो सिनेमाको निर्माण गरेकी हुन् । यसका निर्देशक रमेश थापा हुन् । त्रिकोणात्मक प्रेमकथामा आधारित हुने सिनेमाको कार्यकारी निर्मातामा शरण थापा छन् । अभिमन्यू ’निरवी’ले सिनेमाको कथा तयार पारेका हुन् । निर्देशक थापाले ‘साइनो’ मा लभस्टोरीसँगै देशमा प्रमुख समस्याको रुपमा रहेका विषयलाई उठाइएको बताए ।

यसमा नीता ढुंगाना, भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, बसुन्धरा भुषाल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनालीलगायतका कलाकारहरुको पनि अभिनय छ । सिनेमालाई रामेश्वर कार्कीले छायांकन गरेका हुन् । बनिश शाहले सम्पादन गरेको सिनेमामा रोशन विक्रम भट्टराईको द्वन्द्व रहेको छ ।