‘अदालत’को आइटम गीत ‘तीन पाने’मा सुष्माको ठुम्का (भिडियो)

‘अदालत’को आइटम गीत ‘तीन पाने’मा सुष्माको ठुम्का (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमा ‘अदालत’को ‘तीन पाने’ बोलको आइटम गीत सार्वजनिक गरिएको छ । उक्त आइटम गीतमा नायिका सुष्मा कार्कीलाई फिचर्ड गरिएको छ । आगामी फागुन २४ गतेबाट रिलिज हुने सिनेमाको यो गीत अन्य आइटम गीत भन्दा फरक रहेको निर्माण पक्षले दाबी गरेको छ । गीतमा दिनेश लिङ्देनको लेखन, यदु राई लकान्द्री र दिनेश लिङ्देनको स्वर तथा रोशन वान्तवा राईको संगीत छ । ज्ञानु राईले छायांकन गरेका गीतमा दिनेश पाख्रिनको कोरियोग्राफी रहेको छ ।

सिनेमाको निर्देशकसमेत रहेका दिनेशले सिनेमाले समाजमा घटिरहेका हत्या, हिंसा, बलात्कार, अवैध धन्दा जस्ता आपराधिक एवं संवेदनशील घटनाहरुलाई मुख्य विषय बनाएको बताए । सिनेमामा एलिना बाँस्कोटा, राजकुमार अधिकारी, मदन भुजेल, रुद्र पाहिम लिम्बु, शान्ति लामा, बिन्दा थिङ, मेखबहादुर मगर, उदय सुब्बा, प्रेम आले, दिपक क्षेत्री, राजु घिमीरे, बिन्दा थिङ, दिलिप ठकुरी, पुन्य ओझा, अजय खडका आदिको मुख्य भुमिका रहेको छ ।

सिनेमामा रोशन बान्तवा राईको संगीत, दिनेश माङमुको नृत्य, राजु किराँतीको द्वन्द्व, विक्रम डिसीको छायांकन र रन्जित मानन्धरको सम्पादन छ । बसन्त थेवे कार्यकारी निर्माता रहेको सिनेमामा मेखबहादुर मगर सह निर्माता र आरपी दाहाल प्रस्तुतकर्ता छन् । सिनेमामा कविता राई निर्मात्री छिन् । सिनेमाको कथा दिनेश लिङदेनले लेखका हुन् ।