पारिश्रमिक थोरै भएपछि करिनाले छाडिन ‘हिंन्दी मिडियम २’

पारिश्रमिक थोरै भएपछि करिनाले छाडिन ‘हिंन्दी मिडियम २’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री करिना कपुरले चित्त बुझ्दो पारिश्रमिक नपाएपछि हिट सिनेमा ‘हिंन्दी मिडियम २’मा काम गर्ने निणर्य गरेकी छन् । पछिल्लो केही बर्ष यता बलिउडमा नाम चलेका अभिनेत्रीहरुले आफुले काम गर्ने सिनेमामा अहभिनेता बराबर पारिश्रमिक डिमान्ड गर्न थालेका छन् । यो मामलामा अभिनेत्री दिपिका पादुकोण र कंगना रनावट अन्य अभिनेत्री भन्दा अगाडी छन् । यस्तै बलिउडमा करिना कपुर पनि मंहगो पारिश्रमिक बुझ्ने अभिनेत्र हुन् ।

केही समययताबाट करिनाले एक सिनेमा काम गरे बापत ८ करोड डिमाण्ड गर्न थालेकी छन् । अहिले करिना अभिनेता अक्षय कुमारसँग सिनेमा ‘गुड न्यूज’मा काम गरिरहेकी छन् । करिनाको नाम केही दिनदेखि सिनेमा ‘हिंन्दी मिडियम २’सँग जोडिएको थियो । इरफान खानको मुख्य भुमिका रहने सिनेमा ‘हिंन्दी मिडियम २’मा उनले काम गर्न सक्ने खबर बाहिरिएको थियो । तर, उनले काम गर्न अस्वीकार गरेकी छन् ।

बलिउड मिडियाका अनुसार करीनाले ‘हिंन्दी मिडियम २’मा काम नगर्नुको कारण कम पारिश्रमिक रहेको समाचार प्रकाहन गरेका छन् । सिनेमाको कथा पढेपछि करिना काम गर्न राजी भएकी थिइन्, तर जब पारिश्रमिकको कुरा आयो उनले ८ करोड डिमाण्ड गरिन् । सिनेमाका निर्माताले भने ५ करोडभन्दा बढी दिन नसक्ने बताएपछि करीनाले काम गर्न मानिनन् ।

करीनाले सिनेमा गर्न नमानेपछि अहिले निर्माता नयाँ अभिनेत्रीको खाजी गरिरहेका छन् । बलिउड मिडियाका अनुसार अब यो सिनेमामा अभिनेत्री राधकिा आप्टेले काम गर्ने तय भएको चर्चा गरि रहेका छन् । ‘हिंन्दी मिडियम’को पहिलो पार्टमा इरफान खान र पाकिस्तानी एक्ट्रेस सबा कमरको मुख्य भूमिका रहेको थियो । यो सिनेमाले बक्सअफिसमा सय करोडको आँकडा पार गरेको थियो । सिनेमाको कथावस्तुलाई दर्शकले निकै रुचाएका थिए ।