बन्ने भयो अक्षय, सुनिल र परेश स्टारर ‘हेराफेरी ३’

बन्ने भयो अक्षय, सुनिल र परेश स्टारर ‘हेराफेरी ३’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार, सुनिल सेट्टी र परेश रावल स्टारर सिनेमा ‘हेराफेरी’ र ‘हेराफेरी २’ले बलिउड बक्सअफिसमा राम्रो व्यापार गरेका थिए । दर्शकले निकै रुचाएको यो सिरिजको तेस्रो पार्ट बन्ने चर्चा अहिले बलिउडमा भैरहेको छ । सिनेमामा अक्षय कुमार सुनिल सेट्टी र परेश रावलकै मुख्य भुमिका रहने छ ।

बलिउडको चर्चित अनलाइन र्पोटल डिएनएसँग कुरा गर्दै निर्देशक इन्द्र कुमारले ‘हेराफेरी’को तेस्रो सिरिज यो वर्षको अन्त्यबाट फ्लोरमा जाने बताए । सिनेमाको लागी आफुले कथा सोचिसकेको र यसलाई पटकथा तथा संवादमा ढाल्न केही समय लाग्ने उनले सुनाए । विगत तीन महिनादेखि आफु पुर्ण रुपमा ‘टोटल धमाल’मा व्यस्त हुनु परेकाले आफुले ‘हेराफेरी’को तेस्रो सिरिजलाई समय दिन पाएको थिएन । अब म पुर्ण रुपमा यही सिनेमाको काममा व्यस्त रहने उनले डिएनएलाई बताए ।

अब यसको तेस्रो सिरिजलाई दर्शकले २०२० को अन्त्यसम्ममा हेर्न पाउने छन् । सिनेमालाई ‘टोटल धमाल’ निर्देशक इन्द्र कुमारले निर्देशन गर्नेछन् ।यो सिनेमाले अहिले बलिउड बक्सअफिसमा बम्पर व्यापार गरिरहेको छ । साथै उनले सिनेमको नयाँ सिरिज अघिल्लो भन्दा बिल्कुलै फरक हुने समेत बताए । यसमा ‘टोटल धमाल’मा जस्तै प्रशस्त मात्रमा भिएफएक्सको प्रयो गरिने छ । राजु, श्याम र बबुरावको वरीपरी घुम्ने सिनेमाको कथालाई दर्शकले निकै मन पराएका थिए । यो सिरिजलाई पनि दर्शकले निकै मन पराउनेमा निर्देशक तथा कथाकार इन्द्र कुमार विश्वस्त छन् ।