ऋतिक, एश्वर्य र करिनाले अस्वीकार गरेका थिए निर्देशकका यी आदेश

ऋतिक, एश्वर्य र करिनाले अस्वीकार गरेका थिए निर्देशकका यी आदेश

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चाहे शलिउड होस का बलिउड हरेक सिनेमामा निर्देशक नै सर्वेसर्वा हुन्छ । निर्देशकले जे भन्यो त्यही मान्ने कलाकार र निर्माण टिमको दायित्व हो । त्यसैले त सिनेमा निर्माणमा सबैभन्दा ठूलो भूमिका हुन्छ निर्देशकाको । निर्देशक सिनेमालाई आफ्नो कन्सेप्टमा प्रस्तुत गर्न चाहन्छन् । तर, कहिलेकाहीँ निर्देशकको आदेशको पालन केही स्टारर कलाकारले गदैनन् । यस्तो अवस्थामा निर्देशकलाई निकै अप्ठ्यारो स्थीती पैदा गरि दिन्छ । बेला बखत यस्ता समाचारले मिडिया निकै चर्चा परिचर्चा पाइरहेको हुन्छ । कुनै वेला निर्देशकको आदेश ठाडै अस्वीकार गर्ने तीन बलिउड स्टार कलाकारहरु :-

ऋतिक रोशन
निर्देशकको आदेश अस्वीकार गर्नेमा ऋतिक रोशन अगाडि आउँछन् । उनले बारम्बार यस्तो गरेको खबर मिडियामा छाइरहन्छ । पछिल्लो अभिनेता ऋतिक रोशनले निर्देशक आशुतोष गोवारिकरको निर्देशनमा तयार भएको सिनेमा ‘मोहेन्जो दारो’को एक सिनमा अग्लो स्थानबाट आफैँ दौडिएर झर्नुपर्ने थियो । तर, उनले निर्देशकको यो आदेशलाई सिधै अस्वीकार गरेका थिए । जसको चर्चा बलिउडमा निकै भएको थियो । ऋतिकका अनुसार त्यो वेला आफूले भर्खर मात्रै दिमागको सर्जरी गरेकाले र त्यो सिनमा काम गर्न नसकेको बताएका थिए ।

ऐश्वर्या राय
ऐश्वर्या राय आफ्नो भूमिकाका लागि हरेक समय तयार भएर बस्ने गर्छिन् । सिनेमाको समयमा उनी जस्तो सुकै चुनौती मोल्न पनि तयार हुन्छिन् । यही कारणले गर्दा पनि बलिउडमा उनको प्रशंसा हुन्छ । तर, सिनेमा ‘जोधा अकबर’को एक सिनका लागि उनले निर्देशकको आदेशलाई अस्जीकार गरेकी थिइन् । ऋतिक रोशनसँग राजा महाराजाले खाने खाना खानुपर्ने थियो । सबै परिकार घिउबाट बनेको थियो । तर, ऐश्वर्याले आफ्नो स्वास्थ्यको कारण सो खाना खान अस्वीकार गरेकी थिइन् । जस्को चर्चा बलिउड मिडियामा निकै भएको थियो ।

करिना कपुर
प्रकाश झाको सिनेमा ‘सत्याग्रह’ छायांकनको क्रममा निर्देशकको आदेश अस्वीकार गरेको भन्दै निर्माण टिमले असन्तुष्टी व्यक्त गरे पश्चात बलिउडमा करिना कपुरको निकै चर्चा भएको थियो । सिनेमाको एक गीत ‘रस से भरे तेरा नैना’ मा करिनाले अभिनेता अजय देवगणसँग किस सिन दिनुपर्ने थियो । तर, उनले किस सिन दिन गर्न अस्वीकार गरेकी थिइन । जसले गर्दामा बलिउडमा उनको आलोचना र चर्चा दुवै भएको थियो । निमार्ण टिमका अनुसार गीतमा कथाको माग अनुसार नै दुवै कलाकारले नजिक भएर किस गरेको दृश्य गर्नुपर्ने थियो । तर, करिनाले किस सिनेको सुन्ना साथ नै आफुले यो सिने गर्न नसक्ने भन्दै ठाडै अस्वीकार गरेकी थिइन् ।