बैदेशीक रोजगारीको कथा ‘साइँली’ ट्रेलर रिलिज (भिडियो)

बैदेशीक रोजगारीको कथा ‘साइँली’ ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चैत्र १५ गते रिलिज हुने सिनेमा ‘साइँली’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजीत एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । पैसाको अभावले परिवारमा आउने उतार चढावको कथा सिनेमाले उठान गरेको छ । २०१७ को सुपरहिट गीत ‘साइँली’को नाम सापटी लिएर सिनेमा निर्माण गरिएको हो । सिनेमाको सार्वजनिक ट्रेलर सिनेमाका प्राय जसो मुख्य कलाकारलाई स्थान दिइएको ख्य कलाकारलाई स्थान दिइएको छ ।

बैदेशीक रोजगारीको कथामा निर्माण भएको सिनेमालाई समाजिक कथावस्तुलाई पर्दामा उतार्न सफल निर्देशक रामबाबु गुरुङले निर्देशन गरेका हुन् । यो सिनेमालाई गायक हेमन्त राना र गौरव पहारीले मिलेर निर्माण गरेका हुन् । जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा माओत्से गुरुङ, केनिपा सिंह, प्रकाश घिमिरे, अरुण कार्की, लगायतका कलाकारको पनि मुख्य भुमिका रहेको छ ।

निर्देशक रामबाबु गरुङले ‘साइँली’को कथा गीतको भिडियोका देखाइएको कथा भन्दा केही फरक भएको बताए । गीतको भिडियोको जस्तै बैदेशीक रोजगारीको कथा भएपनि पैसाको कारण श्रीमान श्रीमतीको झगडा र पैसा कमउनको लागी बिदेश जान बाध्य श्रीमानको कथा सिनेमाले उठाएको रामबाबुको भनाई छ । आफ्नो टिमले ‘साइँली’लाई उत्कृष्ट बनाउने इमान्दार प्रयास गरेका कारण दर्शकले मन पराउनेमा निमार्ण टिम ढुक्क छ ।

विशाल गुरुङ र मोहन राना मगरको लगानी रहेको सिनेमामा बिजय अवाले, विकाश पुजास, सुवेच्छा केसी सह निर्माताको रुपमा रहेका छन् । भने सिनेमाका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । सिनेमामा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।