श्रद्धाको जन्मदिनमा ‘साहो’ मेकिङको दोस्रो भाग सार्वजनिक

श्रद्धाको जन्मदिनमा ‘साहो’ मेकिङको दोस्रो भाग सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – साउथका सुपरस्टार अभिनेता प्रभास अभिनित सिनेमा ‘साहो’को मेकिङ सार्वजनिक गरिएको छ । निर्माण घोषणा देखि नै ‘साहो’लाई प्रतिक्षित सिनमाको सुचीमा राखिएको छ । ‘साहो’ को नयाँ मेकिङ भिडियो सार्वजनिक गरिएको हो । ‘शेड्स अफ साहो’ को नाम सहित निर्माण टिमले यसलाई सार्वजनिक गरेको छ । अभिनेता प्रभासको जन्मोत्सवमा ‘शेड्स अफ साहो’ पहिलो भाग सार्वजनिक गरेको निर्माण टिमले अभिनेत्री श्रद्धा कपूरको जन्मदिनमा यसको दोस्रो भाग सार्वजनिक गरेको हो । सार्वजनिक भिडियोले सिनेमालाई निकै प्रतिक्षित बनाउनेमा निर्माण टिम विश्वस्त छ । भिडियोमा श्रद्धा प्रहरी अफिसरको भूमिकामा रहेको देखन सकिन्छ । सिनेमामा रुद्धा कपुरको दमदार एक्सन देख्न पाइने छ ।

एक्सनको लागि प्रयोग गरिएको प्रविधि निकै लोभ लाग्दो छ भने टेक्निसियन पनि विदेशी नै छन् । सिनेमाको एक्सनलाई केनी बेट्सले निर्देशन गरेका हुन् । मिसन इम्पोसिबल र ट्रान्सफर्मर जस्ता हलिउड सिनेमा मात्र होइन केनीले साउथकै ‘२.०’ को एक्सनमा पनि द्धन्द्व निर्देशन गरिसकेका छन् । सुजीथको निर्देशनमा तयार भईरहेको सिनेमा अगस्ट १५ बाट विश्वभरका सिनेमा घरमा रिलिज हुदैछ । यो साउथ इन्डियन सिनेमालाई तमिल र तेलगुसंगै हिंन्दी भर्सनमा पनि रिलिज गरिने छ ।