भन्सालीको सिनेमामा सलमानसँग एश्वर्याको जोडी बाधिने चर्चा ?

भन्सालीको सिनेमामा सलमानसँग एश्वर्याको जोडी बाधिने चर्चा ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पछिल्लो समय बलिउड सुपरस्टार सलमान र भेट्रान निर्देशक सञ्जय लीला भन्सालीबीच करीब २० वर्षपछि एक रोमान्टिक सिनेमाका लागी टिमअप भएको खबरले चर्चा पाइरहेको छ । उक्त सिनेमाको नाम ’हम दिल दे चुके सनम २’ हुने चर्चा बलिउड मिडियाले गरिरहेका छन् । तर, अहिलेसम्म आधिकारिक रुपमा यस विषयमा निर्माण टिमले कुनै जानकारी दिएको छैन । यो सिनेमाका लागि अहिले मुख्य भुमिकाका लागी अभिनेत्रीको खोजी कार्य भैरहेको छ ।

बलिउड मिडिया पिंकभिल्लाका अनुसार यो रोमान्टिक सिनेमामा सलमान आफ्नो अपोजिटमा अभिनेत्री कैटरीना कैफलाई लिन चाहन्छन् । तर, भन्सालीले आफ्नो निर्णय दिन हतार गरेका छैनन् । उक्त खबरअनुसार, उनी सलमानको हिरोइनको रुपमा दीपिका पादुकोणलाई लिन चाहन्छन् । निर्देशक भन्साली र अभिनेत्री दिपिकाले यसअघि केही सिनेमामा एकसाथ काम गरिसकेका छन् । तर, अहिलेसम्म लिड रोलमा रहने अभिनेत्री भने फाइनल भएकी छैनन् ।

निर्देशक भन्साली आफ्नो यो ड्रिम प्रोजेक्टका लागि ऐश्वर्या राय बच्चनलाई मनाउने कोशिश गरिरहेको पनि चर्चा पनि बलिउड मिडियामा भैरहेको छ । पहिला यो सिनेमामा सलमानको अपोजिटमा अनुष्का शर्माको नाम भन्सालीले सुझाएका थिए । आलिया भट्ट र जाह्नवी कपूरको नाममा पनि भन्सालीले विचार गरिरहेका छन् । तर, उनी यी दुई अभिनेत्रीसँग सलमानको जोडी जम्नेमा विश्वस्त छैनन् ।

यस्तै, सिनेमामा प्रियंका चोपडाको मुख्य भुमिका रहने पनि सम्भावना छ । हालै ’कफि विद करण सिजन ६’ मा उनले कुनै एक प्रोजेक्टको भन्साली र विशाल भारद्वाजसँग कुरा भइरहेको उनले बताएकी थिइन् । यसकारण यो रोमान्टिक सिनेमामा प्रियंका देखिने सम्भवना पनि उत्तिकै बलियो रहेको छ । तर, ऐश्वर्याले सलमानसँग सिनेमा गर्न तयार भएको खण्डमा भने भन्साली अन्य अभिनेत्रीका बारेमा सोच्ने मनस्थीतीमा छैनन् ।