जोन अब्राहम स्टारर ‘रोमियो अकबर वाल्टर’को ट्रेलर रिलिज

जोन अब्राहम स्टारर ‘रोमियो अकबर वाल्टर’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – जोन अब्राहम स्टारर सिनेमा ‘रोमियो अकबर वाल्टर’को ट्रेलर सार्वजनिक गरिएको छ । अप्रिल ४ बाट विश्वभरका सिनेमा घरमा रिलिज हुने भएको छ । यसअघि यो सिनेमालाई अप्रिल १२ मा रिलिज गर्ने तयारीमा अभिनेता जोन थिए तर त्यसको एकसातामै करण जोहरको ब्यानरमा निर्माण भएको सिनेमा ‘कलंक’ रिलिज हुनेभएकाले पनि निर्माण टिमसँगको सल्लाहमा जोनले आफ्नो सिनेमाको रिलिज मिती एकसाता अघि सारेका हुन् । जोनको यो निर्णयबाट खुसि हुदै निर्माता तथा निर्देशक करण जोहरले धन्यवाद समेत दिएका छन् ।

सिनेमालाई राबी गरेवालको निर्देशनमा तयार भईरहेको सिनेमामा जोनको अपोजिटमा मौनी रोयलाई देख्न सकिन्छ । गत वर्ष जोनकै सिनेमा ‘सत्यमेव जयते’सँग मौनीको डेब्यु सिनेमा ‘गोल्ड’ रिलिज भएको थियो । टेलि सिरियल नागिन मार्फत चर्चामा आएकी मौनी पछिल्लो समय सिनेमामा ब्यस्त छिन । यो सिनेमामा शिकन्दर खेर, ज्याकी श्राफ र सुचित्रा कृष्णामुर्ती लगायतका कलाकारको पनि अभिनय रहेको छ । ‘रोमियो अकबर वाल्टर’मा जोन एक ‘र’ एजेन्टको भूमिकामा देखिएका छन् ।