प्रदीप र जसिता स्टारर ‘लभ स्टेशन’ ट्रेलर रिलिज (भिडियो)

प्रदीप र जसिता स्टारर ‘लभ स्टेशन’ ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी चैत्र २२ गते रिलिज हुने सिनेमा ‘लभ स्टेशन’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजीत एक कार्यक्रमका विच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । माया प्रेम र विछोडको कथालाई ‘लभ स्टेशन’ले सांगीतीक प्रेमकथाको रुपमा उठान गरेको छ । सिनेमामा मुख्य पात्र प्रदीप खड्कार जसिता गुरुको वरिपरि सिनेमाको कथा घुमेको सार्वजनिक ट्रेलरबाट बुझ्न सकिन्छ । सार्वजनिक ट्रेलरमा सिनेमाका सम्पुर्ण पात्रलाई स्थान दिइएको छ ।

भेट्रान निर्देशक उज्वल घिमिरेले लभ स्टेशनलाई निर्देशन गरेका हुन् । काफिया फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता वितरक गोविन्द शाही हुन् । म्युजिकल लभस्टोरी कथामा निर्माण गरिएको सिनेमामा ‘लभ स्टेसन’ एउटा विशेष ठाँउको नाम हुने निर्माण टिमको भनाई छ । सिनेमामा प्रदीप र जसिताका अलवा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, रश्मी पाण्डे, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सिरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना, रिशु खरेल, ज्वलन्त गौतम लगायतका कलाकारको पनि अभिनय छ ।

लभ स्टेसनमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । सिनेमामा निर्देशक अज्वल घिमिरेको कथा, सुवास सिंह बस्नेतको पटकथा तथा संवाद, आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहेको छ ।