‘पसिना’को ‘सुनैको दरबार’मा छुल्ठिमको आइटम (भिडियो)

‘पसिना’को ‘सुनैको दरबार’मा छुल्ठिमको आइटम (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता गौरव पहाडी र अभिनेत्री अनु शाह स्टारर सिनेमा ‘पसिना’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सोमबार महाशिवरात्रीको अवसर पारेर बैशाख २७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाको गीत सामाजिक सञ्जाल युट्युबमा सार्वजनिक गरिएको हो । सिनेमाको गीत सार्वजनिक गरेसँगै निर्माण टिमले प्रचारलाई अघि बढाएको हो । सार्वजनिक ‘सुनैको दरबार’ बोलको गीतमा मीना पोखरेल निरौलाको स्वर छ ।

निर्देशक आर. बि खत्री शरदको शब्द रहेको गीतमा दिपक शर्माको संगीत रहेको छ । अभिनेत्री छुल्ठिम डोल्मा गुरुङलाई फिचर्ड गरिएको गीतलाई राजिव समिरले कोरियोग्राफी गरेका हुन् । निरज कँडेलले छायांकन गरेको गीतको भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका हुन् ।

‘गरौं सत्कर्म, बगाऔं पसिना’ भन्ने नारा बोकेको सिनेमा समसामयिक कथामा बनेको छ । पसिना बगाएर मात्र नहुने भन्दै सत्कर्म गर्न पनि आवश्यक रहेको सन्देश सिनेमाले दिने निर्देशक खत्रीले बताए । निर्देशक खत्रीको कथा रहेको ‘पसिना’को लगानीकर्ता शान्ता ढकाल हुन् । भने, कार्यकारी निर्मातामा सञ्जय महत्तो रहेका छन् ।

सिनेमामा गौरव र अनुका अलवा सरोज खनाल, सरोज अर्याल, रवि गिरी, ध्रुव कोइराला, शारदा गिरीलगायतका कलाकारको पनि अभिनय रहेको छ । सिनेमामा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत, नबिन निरौलाको सम्पादन, शिव विक र राजिव समिरको नृत्य र देव महर्जनको द्वन्द रहेको छ ।