‘पुरानो बुलेट’मा चढेर उकाली-ओराली गर्दै अनुप (भिडियो)

‘पुरानो बुलेट’मा चढेर उकाली-ओराली गर्दै अनुप (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सञ्चारकर्मी तथा रंग पत्रकार भिषणको लेखन तथा निर्देशनमा तयार भएको सिनेमा ‘पुरानो बुलेट’को लिरिकल भिडियो गीत सार्वजनिक गरिएको छ । ‘मेरो पुरानो बुलेटैमा’ बोलको गीतको लिरिकल भिडियो महाशिवरात्रीको अवसर पारेर सामाजिक सञ्जाल युट्युबबाट सार्वजनिक गरिएको हो । सार्वजनिक लिरिकल गीतमा शब्द, संगीत तथा स्वर जयन जे. वाइवाको रहेको छ । सार्वजनिक गीतको भिडियोमा सिनेमामा समावेश चल अचल दृश्यलाई गीतको भिडियो समेटिएको छ ।

क्रेजी इन्टरटेन्मेन्टको ब्यानरमा बनेको सिनेमामा अनुप विक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु, कृष्ण भक्त महर्जन, कविता आले, शिव मुखिया, भारत लिम्बु, शिरोमनी दवाडी, बादल श्रेष्ठ, करण धिताल, अशोक कुमार राई, टिका राम राई लगायत कलाकारहरुको अभिनय रहेको छ ।

सिनेमाको कथा,पटकथा तथा संवाद स्वयंम निर्देशक राई र कार्यकारी निर्माता सन्तोष राईले लेखेका हुन् । सिनेमालाई अशोक कुमार राई, दीपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईले संयूक्त रुपमा निर्माण गरेका हुन् । सिनेमामा हरि घले लामाको छायांकन, उत्तम जंग लिम्बु र जयन जे. वाइवाकोे संगीत, प्रसान्त तामाङको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन रहेको छ ।