‘कंचना’को हिंन्दी रिमेक ‘लक्ष्मी’मा काम गर्दै अक्षय

‘कंचना’को हिंन्दी रिमेक ‘लक्ष्मी’मा काम गर्दै अक्षय

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउडका सुपरस्टार अभिनेता अक्षय कुमारले १२ वर्षपछी हरर कमेडी सिनेमामा काम गर्ने पक्का भएको छ । एक दशक पहिले रिलिज भएको सिनेमा ‘भुलभुलैया’ पश्चात अक्षयले तामिल सिनेमा ‘कंचना’को रिमेकमा काम गर्ने पक्का गरेको बलिउड मिडियाले जनाएका छन् । उक्त सिनेमाको हिंन्दी रिमेकमा ‘लक्ष्मी’ नाम जुराइएको छ । यो सिनेमामा अक्षय कलाकारको रुपमा मात्रै नभई निर्माता पनि हुन् ।

अक्षयले आफुले एक दशक पछि हरर कमेडी सिनेमामा काम गर्न लागेको भन्दै खुशी व्यक्त गरेका छन् । अक्षयले यो सिनेमा भन्दा पहिले रोहत सेट्टीको निर्देशनमा निर्माण हुने सिनेमा ‘सुर्यवंशी’मा काम गर्नेछन् । यो सिनेमाको सुटिङ्ग सकिए पश्चात मात्रै ‘कंचना’को हिंन्दी रिमेक ‘लक्ष्मी’को सुटिङ्ग सुरु गर्ने तयारी गरिरहेका छन् । सिनेमामा अक्षयको अपोजिटमा ‘सेफ’ डेब्यु गर्ल सोभिता धुलिपाला देखिनेछिन् । उनले सैफअलि खानसँग ‘सेफ’ मार्फत बलिउडमा डेब्यु गरेकी थिइन् ।