‘दि ब्रेकअप’को नयाँ गीत ‘गुपचुप’ रिलिज (भिडियो)

‘दि ब्रेकअप’को नयाँ गीत ‘गुपचुप’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – हेमराज बिसीको निर्देशनमा तयार भएको सिनेमा ‘दि ब्रेकअप’को नयाँ गीत सार्वजनिक गरिएको छ । गत शुक्रबारबाट सिनेमा घरमा प्रदर्शन भैरहेको सिनेमाको नयाँ गीत ‘गुपचुप’ सार्वजनिक गरिएको हो । दर्शक तथा समिक्षकबाट मिश्रीत प्रतिक्रिया पाइरहेको सिनेमाले उत्साह जनक व्यापार गर्न सकेको छैन् । सार्वजनिक गीतमा सिनेमाका मुख्य दुई पात्र आशिरमान देशराज जोशी र शिल्पा मास्केलाई फिचर्ड गरिएको छ ।

सिनेमामा समावेश ’गुपचुप….’ बोलको गीतमा अनिल शर्माको शब्द, काली प्रसाद बास्कोटाको संगीत तथा नेपाल आइडद सिजन दुईका उप विजेता बिक्रम बरालको स्वर छ । सार्वजनिक गीतमा एक प्रेम जोडीको रोमान्सलाई प्रस्तुत गरिएको छ । सिनेमामा आशिरमान र शिल्पाका अलवा रेमनदास श्रेष्ठ, सरोज खनाल, इच्छा कार्की लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । सिनेमामा निर्देशक हेमराजका अलवा रुपक थापा, दिपक खतिवडा, रेनु राणाको लगानी रहेको छ ।

’दि ब्रेकअप’मा बिषेश पाण्डे र बिराज गौतकाको संगीत, नरेन्द्र मैनालीको छायाँकन, हेमराज बिसीको कथा तथा पटकथा, कबिराज गहतराजको कोरियोग्राफी, सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।