सुकुमारको सिनेमा महेश बाबुले छाडेपछि अल्लु अर्जुनको प्रवेश

सुकुमारको सिनेमा महेश बाबुले छाडेपछि अल्लु अर्जुनको प्रवेश

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – तेलेगु हिट सिनेमा ‘आर्या’ र ‘आर्या २’ फेम्ड निर्देशक सुकुमार नयाँ सिनेमा सिनेमा गर्ने भएका छन् । यसको घोषणा तेलेगु सिनेमाका स्टाइलिस अभिनेता अल्लु अर्जुनले गरेका हुन् । सोमबार आफ्नो नयाँ सिनेमाको घोषणाका उल्लुले उक्त सिनेमाको नाम भने नजुराइएको बलिउड मिडियाले जनाएका छन् । सुकुमारले निर्देशन गरेका यो सिनेमामा उनीहरुवीच तेस्रो पटक सहकार्य हुन लागेको हो ।

यसअघि सुकुमार र अल्लुले ‘आर्या’ र ‘आर्या २’मा एकसाथ काम गरेका थिए । यो सिनेमाको छायांकन २०१९ को मध्यबाट अथार्त अगष्ट वा सेप्टेम्बरमा सुरू हुनेछ । अल्लु अर्जुनले यो अनटाइटल सिनेमा भन्दा पहिले त्रिविक्रमको निर्देशनमा निर्माण भैरहेको सिनेमा नयाँ सिनेमाको काम पुरा गर्नेछन् । त्यस पशचात मात्रै उनले आफ्नो फेवरेट निर्देशको सिनेमालाई समय दिने जानकारी बलिउड मिडियाले दिएका छन् ।

बलिउड र तेलेगु मिडियाका अनुसार यो सिनेमाको लागी पहिलो रोजाई भने अल्लु अर्जुन थिएनन् । यो सिनेमाको लागी निर्देशक सुमारको पहिलो रोजाई थिए तेलेगु सुपरस्टार महेश बाबु । महेश बाबु र निर्देशकवीच सिनेमाको कथालाई लिएर मतभिन्नता देखिएपछि उनले यो सिनेमाबाट हात झिकेका थिए । महेशले सिनेमाबाट हात झिके पश्चात निर्देशक सिनेमाको कथा लिएर अल्लु कहाँ पुगेका थिए । अल्लुलाई सिनेमाको कथा निकै मन परे पश्चात उनले यो सिनेमामा काम गर्ने सहमती जनाएर निर्माण घोषणा गरेका हुन् ।

यता महेश बाबुले ट्विट गर्दै आफू सिनेमाबाट अलग भएको घोषणा गरेका हुन् । उनले अलग भएको घोषणासँगै सिनेमाका लागि निर्देशक सुकुमारलाई सफलताको शुभ कामना पनि दिएका छन् । सिनेमाका मुख्य अभिनेता बाहेक अहिलेसम्म बाँकी कुनैपनि कलाकार र प्राविधिकको बारेमा भने केही पनि जानकारी सार्वजनिक गरिएको छैन् ।