‘क्याप्टेन’ गीत : उपासना र प्रियंका विना बाँच्न नसक्ने अनमोल

‘क्याप्टेन’ गीत : उपासना र प्रियंका विना बाँच्न नसक्ने अनमोल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रबारबाट दोस्रो हप्तामा प्रदर्शन भैरहेको सिनेमा ‘क्याप्टेन’को नयाँ गीत सार्वजनिक गरिएको छ । बक्सअफिसमा बम्पर ब्यापार गरिरहेको सिनेमाले दोस्रो हप्ता पनि राम्रो व्यापार गर्ने निर्माण टिम र वितरकको विश्वास छ । यही सिनेमामा समावेश नयाँ गीत शुक्रबार युट्युबबाट सार्वजनिक गरिएको हो । सिनेमाको सार्वजनिक गीतमा मुख्य कलाकार अनमोल केसी र डेव्यु गर्ल अपासना सिंह ठकुरी र प्रियंका एमभीलाई फिचर्ड गरिएको छ ।

सिनेमाको सार्वजनिक ‘सक्दिन कि बाँच्न’ बोलको गीतमा अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत, दिग्गज धौलारीको शब्द तथा सुमन केसी र दीपा लामाको स्वर छ । सार्वजनिक गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई सदाबहार अभिनेता तथा निर्माता भुवन केसीले निर्माण गरेका हुन । भने सिनेमाकी कार्यकारी निर्माता जिया केसी हुन् ।

सिनेमामा अनमोल केसी, उपासना सिंह ठकुरी र प्रियंका एमभीका अलवा प्रशान्त ताम्राकार, सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राई, सुर्यमाला खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, अमित श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । दीवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको सिनेमामा सामिप्यराज तिमिल्सेनाको कथा, कविराज गहतराजको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, सुदिप बरालको डिओपी, दिर्घ राज खड्काको सम्पादनमा रहेको छ ।