प्रेम, विछोड र बदलाको कथा ‘प्रेमलीला’को दोस्रो ट्रेलर रिलिज

प्रेम, विछोड र बदलाको कथा ‘प्रेमलीला’को दोस्रो ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दिपशिखा खड्का स्टारर सिनेमा ‘प्रेमलीला’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । यो सिनेमाले पटक पटक विविध कारण देखाउँदै रिलिज मिती सार्दै आएको निर्माण टिमले अब चैत्र ८ गतेलाई सिनेमाको प्रदर्शन मिती तय गरेको छ । निर्मात्री तथा अभिनेत्री दिपशिखाका अनुसार अब यो मितीबाट सिनेमाको प्रदर्शन पछि नहट्ने बताइन । सिनेमाको सार्वजनिक ट्रेलरमा सिनेमाका सम्पुर्ण कलाकारलाई स्थान दिइएको छ ।

जनक पाण्डे निर्देशीत सिनेमा फैजली फिल्मस् प्रोडक्सनको ब्यानरमा दिपशिखा खड्का र नानी मैया कार्कीले संयुक्त रुपमा सिनेमा निर्माण गरेका हुन् । निर्देशक जनक पाण्डेले सिनेमाको छायांकन नसकिदै सुटिङ्ग छाडेर सम्पर्क विहिन भए पश्चात सम्पुर्ण काम अभिनेत्री तथा निर्माता खड्काले नै पुरा गरेकी हुन् । प्रेमलीलामा दिपशिखा खड्काका अलवा भारतीय मोडल अली खान, मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको पनि अभिनय छ ।

नायिका खड्काकै कथा, पटकथा तथा संवाद रहेको सिनेमाले अन्तर्देशीय प्रेमकथा वाचन गरेको छ । सिनेमामा पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक राम दुलालको सम्पादन रहेको छ । सिनेमाको यसअघि फस्टलुक पोस्टर, दुई गीत र ट्रेलर सार्वजनिक भइसकेको छ ।जसले दर्शकबाट साम्रो प्रतिक्रिया पाइरहेका छन् । सिनेमामा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ ।