मनिषको निरिशासँग ‘जानी नजानी’ माया बसेपछि (भिडियो)

मनिषको निरिशासँग ‘जानी नजानी’ माया बसेपछि (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रोशनी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमा ‘जानी नजानी’को शिर्ष गीत सार्वजनिक गरिएको छ । आगामी चैत्र १ गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको सिनेमाको शिर्ष गीतलाई सोमबार युट्युबबाट सार्वजनिक गरिएको हो । अर्जुन पोखरेलको संगीत रहेको ‘जानी नजानी’ बोलको गीतमा अञ्जु पन्त र प्रताप दासको स्वर छ । भने गीतको शब्द निर्माता मोदनाथ खनालले लेखेका हुन् ।

सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार मनिष श्रेष्ठ र निरिशा बस्नेतलाई फिचर्ड गरिएको छ । गीतको भिडियोलाई प्रविन सिंहले कोरियोग्राफी गरेका हुन् । सिनेमाले माया, प्रेमका साथै देशको राष्ट्रितासँग जोड्ने निर्देशक बसन्त अधिकारीले बताए । आधुनिक प्रेम कथामा निर्माण भएको सिनेमामा मनिष श्रेष्ठ, डेव्यु गर्ल निरिशा बस्नेतका अलवा सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतका कलाकारहरु अभिनय रहेको छ ।

सिनेमाकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । आधुनिक प्रेमकथामा निर्माण भएको सिनेमालाई थुप्रै सफल सिनेमामा चिफ ऐडीको रुपमा काम गरिसकेका बसन्त अधिकारीले निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशकीए सिनेमा हो । ‘जानी नजानी’मा मोदनाथ खनाल र सागर काजी माली निर्माताको रुपमा रहेका छन् ।

सामिप्यराज तिमिल्सेनाको कथा, पटकथा तथा संवाद रहेको सिनेमामा सञ्जय लामाको छायाँकन, अर्जुन पोखरेलको संगीत, कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन रहेको छ ।