बलिउडको प्रतिक्षीत मल्टिस्टारर सिनेमा ‘कलंक’को टिजर रिलिज

बलिउडको प्रतिक्षीत मल्टिस्टारर सिनेमा ‘कलंक’को टिजर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा सिनेमा टाइम्स, काठमाडौं – बलिउड निर्देशक अभिषेक बर्मनको निर्देशनमा तयार भएको सिनेमा ‘कलंक’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा संजय दत्त, माधुरी दिक्षित, आलिया भट्ट, वरुण धवन, सोनक्षी सिन्हा र आदित्य रोय कपूर लगायतका कलाकारलाई स्थान दिइएको छ । दुई मिनेट पाँच सेकेण्ड लामो टिजरलाई बलिउड मिडिया र सिनेमाकर्मीले उत्कष्ट प्रतिक्रिया दिइरहेका छ । ‘कलंक’को टिजरमा कथा बारेमा त्यती धेरै खुलाइएको छैन् ।

सिनेमाको टिजर र पोस्टरमा देखाइएको भव्य क्यानभासले अधुरो प्रेम कहानी बयान गर्छ । टिजरको सुरुवातमा वरुणले पावरफुल संवाद बोल्छन ‘केहि नाता ऋण जस्तै हुन्छन । जसलाई निभाउने होइन, तिर्नु पर्छ ।’ वरुण जफर नामको भूमिकामा छन् । ‘देवदास’ पश्चात माधुरीलाई ‘कलंक’मा दोस्रो पटक ‘सेक्स वर्कर’को भूमिकामा अनुमान गर्न सकिन्छ । यो सिनेमा १७ अप्रिलबाट विश्वभरका सिनेमा घरमा रिलिज हुदैछ ।

करण जोहरले निर्माण गरेको सिनेमालाई छायांकारले आकर्षक सेटअपमा खिचिएको छ । करणको ड्रिम प्रोजेक्टले सार्वजनिक टिजर र पोस्टरबाट प्रतिक्षीत सिनेमाको सुचिको अग्रणी स्थानमा पुर्याएको छ । शिर्षक ‘कलंक’मै लुकेको कहानीमा आलियाल बोलेको संवाद ‘जब कसैको बर्बादीमा आफ्नो जित हुन्छ, तब हामी जति बर्बाद अरु कोहि हुँदैन’लाई दर्शकले निकै मन पराएका छन् । टिजरमा एक प्रेम जोडीको अधुरो प्रेमकहानी, हिन्दु र मुस्लिमको द्वन्दसँगै त्रिकोणात्मक प्रेम कथालाई झल्काएको छ ।