निरहुवा र निता स्टारर ‘शेर-ए-हिन्दुस्तान’को गीत ‘प्रेम पियाला’

निरहुवा र निता स्टारर ‘शेर-ए-हिन्दुस्तान’को गीत ‘प्रेम पियाला’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री निता ढुगांनाले अभिनय गरेको भोजपुरी सिनेमा ‘शेर-ए-हिन्दुस्तान’को पहिलो गीत सार्वजनिक गरिएको छ । यो सिनेमामा भोजपुरी स्टारर दिनेशलाल यादव (निरहुवा)को मुख्य भुमिका रहेको छ । सिनेमाको सार्वजनिक गीत ‘प्रेम पियाला’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । ‘शेर-ए-हिन्दुस्तान’ भोजपुरीको प्रतिक्षीत सिनेमा हो । सिनेमाको सार्वजनिक गीतमा निता र दिनेशलालका चल अचल दृश्यहरु समावेश गरिएको छ ।

सिनेमामा निरहुआलाई नयाँ अवतारमा देखाइएको छ । सिनेमा आगामी होलीको दिनबाट नेपाल तथा भारतका सिनेमा घरमा रिलिज हुँदैछ । निरहुआको अघिल्लो सिनेमा ‘बोर्डर’को जस्तै यो पनि एक देशभक्ति र एक राम्रो लभस्टोरी कथामा निर्माण गरिएको छ । हिमालयको एक गुफाबाट भारतमा हमला गर्ने तयारी गरेका विरोधीको योजनालाई एक युवकले कसरी तहसनहस गरिदिन्छन् भन्ने कथा दर्शकले सिनेमामा हेर्न पाउन निर्माण टिमको भनाई छ ।

नेपालका सुन्दर लोकेशनमा छायांकन गरिएको फिल्मको निर्देशन प्रख्यात भोजपुरी निर्देशक मनोज नारायणले गरेका छन् । यो सिनेमामा दिनेशलाल यादव (निरहुवा) र निता ढुंगानाका अलवा आयुष रिजाल, सुनिल थापा, सन्तोष पहलवान, अमृत कुमार लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।