‘गली ब्वाइ’को सिक्वेल निर्माणको तयारीमा जोया अख्तर ?

‘गली ब्वाइ’को सिक्वेल निर्माणको तयारीमा जोया अख्तर ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रणवीर सिंह र आलिया भट्ट स्टारर सिनेमा ‘गली ब्वाइ’ले अहिले पनि राम्रो व्यापार गरिरहेको छ । यही वेला निर्देशक जोया अख्तरले ‘गली ब्वाइ’को सफलतासँगै यसको सिक्वेल बन्ने सकेंत गरेकी छन् । सिनेमाले बक्सअफिसमा सय करोड माथीको कमाई गरिसकेको छ । सिनेमामा निर्देशक जोया अख्तरले मुम्बईको धारावी इलाकामा बस्ने एक युवाले लाखौं समस्याका बाजुद पनि आफ्नो सपना पुरा गर्नुका साथै यस्तै अन्य व्यक्तिलाई प्रेरणा दिने कथा ‘गली ब्वाइ’मा प्रस्तुत गरेकी छन् ।

यसैबीच जोयाले सिनेमाको सिक्वेल बनाउने संकेत गरेकी हुन् । जोयाले एक बलिउड मिडियासँग कुरा गर्दै भनेकी छन्, ‘मेरो सहलेखिका रीमा कागती र मलाई लाग्छ कि भारतीय हिपहप कल्चरको बारेमा अझै पनि धेरै कुरा लेख्न बाँकी छ । हामी फेरी अर्को सिनेमा निर्माण गर्ने योजना बनाइरहेका छौं । हामीहरु अहिले यस बारेमा सोचिरहेका छौं । चाँडौं नै लेख्ने काम पनि सुरु हुनेछ ।’

यो सँगै जोयाले आफ्नो आगामी प्रोजेक्टमा पनि भाइ फरहान अख्तर नहुने बताएकी छन् । जोयाले आफ्नो करियरमा बनाएका सबै सिनेमाहरुमा भाई फरहानलाई स्थान दिए पनि ‘गली ब्वाइ’मा भने फरहान अट्न सकेनन् । त्यसैले पनि उनी आगामी प्रोजेक्टमा पनि भाई विनै काम गर्न चाहन्छिन् । उनका भाई फरहान पनि यतिवेला सिनेमा निर्देशन भन्दा पनि निर्माण र अभिनयमा नै बढी व्यस्त छन् ।