‘दाल भात तरकारी’को शिर्ष गीतमा पुष्प र आँचलको प्रेम गर्ने कुरा

‘दाल भात तरकारी’को शिर्ष गीतमा पुष्प र आँचलको प्रेम गर्ने कुरा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – महसंचारको व्यानरमा निर्माण भएको सिनेमा ‘दाल भात तरकारी’को शिर्ष गीत सार्वजनिक गरिएको छ । उक्त गीतको शुक्रबार काठमाडौं आयोजीत एक कार्यक्रमका विच सार्वजनिक गरिएको हो । यो सिनेमा आगामी बैशाख २० गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुने भएको छ । यो सिनेमालाई पहिले वैशाख १३ गतेबाट रिलिज गर्ने तयारीमा निर्माण टिम थियो । तर सिनेमाको टेक्नीकल काम नसकिने भएपछि एकसात पर सार्नु परेका निर्माता तथा प्रस्तुतकर्ता किरण केसीले बताए ।

सिनेमाको गीत रिलिज कार्यक्रममा पत्रकारले बैशाख १३ गते हलिउको ठुलो सिनेमा ‘एभेन्जरः इन्ड गेम’ रिलिज हुने भएकाले तपाईहरु एक हप्ता पछि सर्नु भएको हो रे ? भनेर प्रश्न गरेका थिए । यस बारेमा बोल्दै सिनेमा प्रस्तुतकर्ता किरण केसीले यो सवै हल्ला मात्रै भएको बताए। हामीले कुनै पनि सिनेमाको डरले प्रदर्शन मिती पछि सारेका होइनौं । आफ्नै काम नसकिएकाले मात्रै हामीले सिनेमाको प्रदर्शन मिती हेरफेर गरेका हौं । सिनेमाको सार्वजनिक गीतमा बरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको संगीत, हरिवंश आचार्यको शब्द तथा राजेश पायल राई र स्मिता दाहालको स्वर छ । भने सार्वजनिक गीतलाई प्रविन सिंहले कोरियोग्राफी गरेका हुन् ।

हरिवंश आचार्यको कथा, पटकथा तथा सम्वाद रहेको सिनेमालाई सुदन केसीले निर्देशन गरेका हुन् । यो सुदनको डेव्यु निर्देशकीय सिनेमा हो । ‘दाल भात तरकारी’लाई रमिला आचार्य, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यमन श्रेष्ठले मिलेर निर्माण गरेका हुन् । दिर्घ गुरुङले छायांकन गरेको सिनेमालाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् ।