‘ए मेरो हजुर ३’को पहिलो गीत ‘जिन्दगी नै भन्दीन’ रिलिज

‘ए मेरो हजुर ३’को पहिलो गीत ‘जिन्दगी नै भन्दीन’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘ए मेरो हजुर २’ फेम्ड निर्देशक झरना थापा निर्देशीत दोस्रो सिनेमा ‘ए मेरो हजुर ३’को पहिलो गीत सार्वजनिक गरिएको छ । सिनेमाको केही दिन समय पहिले सार्वजनिक टिजरले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको वेला सिनेमामा समावेश पहिलो गीत शुक्रबार युट्युवबाट सार्वजनिक गरिएको हो । ‘जिन्दगी नै भन्दीन’ बोलको गीतमा सिनेमाका मुख्य कलाकार सुपरस्टार अनमोल केसी र डेव्यु गर्ल सुहाना थापालाई फिचर्ड गरिएको छ ।

सिनेमाको सार्वजनिक गीतमा आशिष अविरलको संगीत एक नारायण भण्डारीको शब्द तथा सुगम पोखरेल र प्रविसा अधिकारीको स्वर छ । मनाङ र अमेरिकाको सुन्दर लोकसनमा छायांकन गरिएको गीतमा अनमोल र सुहानाको केमेष्ट्री उत्कृष्ट देखिएको छ । सांगीतक प्रेमकथा बोल्ने सिनेमालाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यही सिनेमाबाट निर्माता सुनिल कुमार थापा र निर्देशक तथा अभिनेत्री झरना थापाले छोरी सुहाना थापालाई नेपाली सिनेमा क्षेत्रमा डेव्यु गराउँदै छन् । ‘ए मेरो हजुर ३’ आगामी नयाँ वर्षको अवसर पारेर चैत्र २९ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुँदैछ ।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ । सिनेमामा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ ।