‘लभ स्टेशन’ गीत रिलिज : जसिता फकाउँदै प्रदीप (भिडियो)

‘लभ स्टेशन’ गीत रिलिज : जसिता फकाउँदै प्रदीप (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – प्रदीप खड्का र जसिता गुरुङ स्टारर सिनेमा ‘लभ स्टेशन’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘मेरो आँगनीमा’ बोलको गीतलाई सोमबार सामाजिक सञ्जाल युट्युबबाट सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा अभिनेता प्रदीप खड्का र जसिता गुरुङलाई फिचर्ड गरिएको छ । गीतको भिडियोमा मुख्य कलाकार प्रदीप खड्कालाई गीत गाउँदै गरेको देख्न सकिन्छ । उनले गीत मार्फत अभिनेत्री जसिता गुरुङको प्रसंशा गरेर फकाई रहेको देख्न सकिन्छ ।

अभिनेता प्रदीप खड्काले सिनेमामा स्टार कलाकार नभएर क्षेत्रीय तहको एउटा गायकको भूमिका निर्वाह गरेका छन् । बरिष्ट संगीतकार शम्भुजीत बासकोटाको संगीत रहेको यो गीतमा युवा गायक सुरेश लामाको स्वर छ । गीतलाई ‘लभ स्टेशन’का निर्देशक उज्ज्वल घिमिरेले लेखेका हुन् । ‘सफ्ट फ्लेबर’को यो गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाउनेमा आशा निर्माण टिमलाई छ ।

सिनेमामा यो गीत मार्फत अभिनेता प्रदीपलाई गायकको रुपमा स्थापित गराईको लभ स्टेशनका प्रस्तुतकर्ता गोविन्द शाहीले बताए । सिनेमाको रिलिज मिति नजिकिँदै गर्दा आफुहरु प्रचार प्रसारमा निकै व्यस्त रहेको प्रस्तुतकर्ता शाहीको भनाई छ । उनका अनुसार ‘लभ स्टेशन’ टिमले मँगलबारदेखि मोफसलको यात्रा पोखराबाट सुरु गर्दैछ ।

सिनेमामा प्रदीप र जसिताका रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, रश्मी पाण्डे, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगायतका कलाकारको अभिनय रहेको छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।

सिनेमालाई भेट्रान निर्देशक उज्वल घिमिरेले निर्देशन गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन रहेको सिनेमाका गीतमा शिशिर खातीको कोरियोग्राफी रहेको छ ।