भन्सालीको ‘इन्साअल्लाह’मा सलमान र आलिया

भन्सालीको ‘इन्साअल्लाह’मा सलमान र आलिया

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – केही समयदेखि बलिउड मिडियामा सलमान खान र सञ्जयलिला भन्सालीले एकसाथ काम गर्न लागेका चर्चा चलेको थियो । यो सिनेमामा सलमानको जोडीको रुपमा प्रिर्यंका, दीपिका, ऐश्वर्या, आलियादेखि जान्वी सम्मको चर्चा चलेको थियो । अन्ततः निर्देशक भन्सालीले सिनेमा नाम र मुख्य कलाकार फाइनल गरेका छन् । भन्सालीले उक्त सिनेमाको नाम ‘इन्साअल्लाह’ जुराएका छन् । भने यो सिनेमामा सलमानसँग आलिया भट्टको जोडी बाँधिएको छ । जसको चर्चा बलिउड मिडियामा केही समयदेखि भैरहेको थियो ।

सिनेमाको कस्तो बिषयमा बन्ने छ भन्ने खुलाइएको छैन । तर बलिउड मिडियाका अनुसार यो सिनेमा रोमान्टिक लभस्टोरी कथामा निर्माण हुनेछ । सिनेमामा सलमान खान सोलो नायकको रुपमा रहनेछन् । अभिनेता सलमान खान र अभिनेत्री आलिया भट्टले पहिलो पटक सिनेमामा एकसाथ काम गर्न लागेका हुन् ।

योसँगै नायक साहरुख खानले पनि सिनेमामा काम गर्ने भन्ने चर्चा हल्ला मात्र रहेको पुष्टी भएको छ । २० वर्षपछि सलमान र भन्सालीको टिमअप र पहिलो पटक सलमान र आलियाले सँगै काम गर्ने भएपछि निर्माण नहुँदै ‘इन्शाअल्लाह’ दर्शकमाझ प्रतिक्षीत सिनेमा बनेको छ ।