नरेन्द्र मोदीको बायोपिक ‘पिएम नरेन्द्र मोदी’को ट्रेलर रिलिज

नरेन्द्र मोदीको बायोपिक ‘पिएम नरेन्द्र मोदी’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बायोपिक सिनेमा ‘सञ्जु’ सुपरहिट भएपश्चात अहिले बलिउडमा बायोपिक सिनेमा निर्माणको लहड चलेको छ । यसैवीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित सिनेमा ‘पिएम नरेन्द्र मोदी’को ट्रेलर सार्वजनिक गरिएको छ । पछिल्लो समय बलिउडमा भारतका प्रधानमन्त्री मोदीको जीवनीमा आधारित रहेर तयार भइरहेको सिनेमा ‘पीएम नरेन्द्र मोदी’ को चर्चा निकै भइरहेको छ । शक्तिशाली प्रधानमन्त्रीको रुपमा लिइएको मोदीको जीवन यात्रालाई नजिकबाट नियाल्न दर्शक आतुर छन् । यसैले गर्दा पनि यो सिनेमा दर्शकमाझ निकै प्रतिक्षित छ ।

सिनेमा प्रति दर्शक माँझ कौतुहलता हुदै गर्दा सिनेमाका मुख्य कलाकार विवेक ओवरायले ‘पीएम नरेन्द्र मोदी’को भूमिका निर्वाह गरेका छन्, उनको सार्वजनिक फरक फरक लुक्स सार्वजनिक भएपछी निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो । विवेक ओबरायले यसमा मोदीको भूमिकामा फिट देखिएको चर्चा बलिउडमा भैरहेको छ । सिनेमामा जरिना बहाब, मनोज जोशी लगायतका कलाकारको पनि अभिनय रहेको छ । सिनेमालाई ओमंग कुमारले निर्देशन गरेका हुन् । अप्रिल ५ तारिकबाट विश्वभरका सिनेमा घरमा रिलिज हुने ‘पिएम नरेन्द्र मोदी’लाई २३ भाषामा रिलिज गरिने बलिउड मिडियाले जनाएका छन् ।