‘प्रेमलीला’को स्याड भर्सन गीत ‘सबको कहानी उस्तै’ रिलिज (भिडियो)

‘प्रेमलीला’को स्याड भर्सन गीत ‘सबको कहानी उस्तै’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबार चैत्र ८ गतेबाट रिलिज हुने सिनेमा ‘प्रेमलीला’को स्याड भर्सन लिरिकल भिडियो गीत सार्वजनिक गरिएको छ । महेश खड्काको संगीत तथा डाक्टर कृष्णहरी बरालको शब्द रहेको ‘सबको कहानी उस्तै’ बोलको गीतमा शोभा पाण्डेको स्वर छ । गीतको सार्वजनिक भिडियोमा सिनेमाका मुख्य कलाकारका चल, अचल दृश्यहरु समावेश गरिएको छ ।

नेपाली युवती र एक भारतीय युवकको प्रेमकथामा आधारित सिनेमालाई दिपशिखा खड्काले नानी मैयाँ कार्कीसँग मिलेर निर्माण गरिएको हो । ‘प्रेमलीला’मा दिपशिखा खड्काका अलवा भारतीय मोडल अली खान, मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको पनि अभिनय छ । सिनेमाको कथा दीपशिखा आफैंले लेखेकी हुन् ।

पवन गौतमको छायांकन रहेको सिनेमामा हरि लम्साल, महेश खड्का, नबिन कार्कीको संगीत छ । फैजल फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ । चन्दन दत्त र सालिक राम दुलालको सम्पादन रहेको छ । सिनेमाको यसअघि फस्टलुक पोस्टर, दुई गीत र ट्रेलर सार्वजनिक भइसकेको छ ।जसले दर्शकबाट साम्रो प्रतिक्रिया पाइरहेका छन् ।