अनमोल र सुहाना स्टारर ‘ए मेरो हजुर ३’को दोस्रो गीत ‘परान’ रिलिज (भिडियो)

अनमोल र सुहाना स्टारर ‘ए मेरो हजुर ३’को दोस्रो गीत ‘परान’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘ए मेरो हजुर ३’ दोस्रो गीत सार्वजनिक गरिएको छ । झरना थापा निर्देशीत दोस्रो सिनेमाको दोस्रो गीत शुक्रबार सामाजिक सञ्जाल युट्युबबाट रिलिज गरिएको हो । सार्वजनिक ‘परान’ बोलको गीतमा सिनेमाका मुख्य कलाकार  सुपरस्टार अनमोल केसी र डेव्यु गर्ल सुहाना थापालाई फिचर्ड गरिएको छ ।

सार्वजनिक गीतमा आशिष अविरलको संगीत, आनन्द अधिकारीको शब्द तथा आशिष अबिलर र अञ्जु पन्तको स्वर छ । यो गीतको भिडियो लाई प्रविन सिंहले कोरियोग्राफी गरेका हुन् । सांगीतक प्रेमकथा बोल्ने सिनेमालाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यही सिनेमाबाट निर्माता सुनिल कुमार थापा र निर्देशक तथा अभिनेत्री झरना थापाले छोरी सुहाना थापालाई नेपाली सिनेमा क्षेत्रमा डेव्यु गराउँदै छन् । ‘ए मेरो हजुर ३’ आगामी नयाँ वर्षको अवसर पारेर चैत्र २९ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुँदैछ ।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ । सिनेमामा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ ।