रिलिजकै दिन पाइरेसीको मारमा पर्यो अक्षय र परिणीतीको ‘केसरी’

रिलिजकै दिन पाइरेसीको मारमा पर्यो अक्षय र परिणीतीको ‘केसरी’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – होलीको अवसर पारेर रिलिज भएको सिनेमा ‘केसरी’ पनि पाइरेसीको मारमा परेको छ । प्रदर्शनको पहिलो दिन वर्षकै ठुलो ओपनिङ गरेको सिनेमा पाइरेसीको मारमा परेसँगै बलिउड बक्सअफिसमा केही हदसम्म असर पर्ने अनुमान मिडियाले गरिरहेका छन् । यो सिनेमाले पहिलो दिन २१.५० करोडको बिजनेस गरेका थियो । अक्षय कुमार स्टारर सिनेमा ‘केसरी’ तामिल रकर्सको अललाइनबाट लिक भएको हो ।

विश्वभरका ४२०० स्क्रिनमा रिलिज भैरहेको सिनेमाले परिणिती चोपडाको करियरकै ठुलो ओपनिङ गर्ने सिनेमा बनेको छ । ‘केसरी’ सारागढीको लडाईको सत्यकथामा आधारित रहेको छ । अनुराग सिंहको निर्देशनमा तयार भएको सिनेमा बलिउड समिक्षकले राम्रो प्रतिक्रिया दिएका छन् । यो सिनेमालाई करण जोहर लगायतको टिमले निर्माण गरेको हो । यसअघि पनि ‘गली ब्वाइ’, ‘ठग्स अफ हिन्दोस्तान’,’ उरीः द सर्जिकल स्ट्राइक’, ‘मणिकर्णिकाः द क्वीन अफ झासी’ र ‘बदला’ लगायतका सिनेमा पनि पाइरेसीको मारमा परेका थिए ।