सलिनमान, मलिका र सलोनको ‘यात्रा’ ट्रेलर रिलिज (भिडियो)

सलिनमान, मलिका र सलोनको ‘यात्रा’ ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘यात्राः अ म्युजिकल भ्लग’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजीत एक कार्यक्रमकावीच सिनेमाको ट्रेलर रिलिज गरिएको हो । यात्राको क्रममा आउने उतार चढाव र माया, प्रेम र द्धन्द्वको कथा सिनेमाले उठान गरेको छ । यो सिनेमा ‘ए मेरो हजुर २’ फेम्ड अभिनेता सलिनमान बनियाँले एक भ्लगरको भुमिका निर्वाह गरेका छन् । सिनेमाको सार्वजनिक ट्रेलरमा सिनेमाका सम्पुर्ण कलाकारलाई स्थान दिइएको छ । यो सिनेमालाई सम्राट शाक्यले निर्देशन गरेका हुन् । यो उनको डेव्यु निर्देशकीय सिनेमा हो । सिनेमाको कथा पनि सम्राट आफैले लेखेका हुन् ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता केशव भट्टराई र चिज कुमार श्रेष्ठ हुन् । सिनेमामा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह निर्माताको रुपमा रहेका छन् । भने सिनेमाका निर्माता सुशील पोखरेल र कार्यकारी निर्माता सर्जुमान लिगल हुन् ।

यात्रामा सलिनमान बनियाँका अलवा डेब्यु गर्ल मलिका महत, सलोन बस्नेत, प्रेक्षा बज्राचार्य, रेयर राई, जान्वी बस्नेत, विशाल कटुवाल, जय नन्द लामा, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।

यसका साथै विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । सिनेमा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । सिनेमामा सञ्जय लामाको छायांकन, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको, प्रतिक पौडेल र कोविद बज्रको संगीत, बनिश शाहको सम्पादन रहेको छ ।