मेघनाको ‘छपाक’मा एसिड पिडित मालती बन्दै दिपिका

मेघनाको ‘छपाक’मा एसिड पिडित मालती बन्दै दिपिका

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री दिपिका पादुकोण सञ्जयलीला भन्सालीको ‘पद्मावत’ पछि कुनैपनि सिनेमामा अभिनय गरेकी छैनन् । उनै दिपिकाले गत वर्षको नोभेम्बरमा प्रेमी रणवीर सिंहसंग विवाह गरेकी थिइन् । विहे पछि केहि समयको विश्राम लिएर पुन सिनेमामा काम गर्दैछिन् । केही समय पहिले दिपिका संजय लीला भन्सालीको सिनेमामा देखिने चर्चा चलेको थियो । तर गएको वर्षको सुपरहिट सिनेमा ‘राजी’ निर्देशक मेघना गुलजारको नयाँ सिनेमा ‘छपाक’मा काम गर्दैछिन् ।

दिपिकाले सोमबार सामाजिक सञ्जालमा सिनेमाको फस्ट लुक पोस्टर सार्वजनिक गर्दै ‘छपाक’को रिलिज डेट समेत घोषणा गरेकी छन् । यो सिनेमा आउँदो वर्ष सन् २०२० को जनवरी १० मा रिलिज हुनेछ । दिपिकाले ‘पद्मावत’ पश्चात बलिउडमा सफल निर्देशक मेघनाको साइन गराएकी हुन् । सिनेमामा एसिड अट्याक र साईबर क्राइमको कथालाई देखाइनेछ । सिनेमाको कथा एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको रियल स्टोरी हो । सिनेमामा दिपिका ‘मालती’ नामक पात्रको भुमिकामा प्रस्तुत हुनेछिन् ।

एउटी युवती माथी हुने एसिड अट्याक र यसले उक्त युवतीको परिवारको दैनिकीमा ल्याएको असरलाई निर्देशक मेघनाले सिनेमाको पर्दामा देखाउने छिन् । डेब्यु सिनेमा ‘तलवार’ र दोस्रो सिनेमा ‘राजी’ मार्फत आफुलाई निर्देशनमा स्थापित गरिसकेकी मेघनाले समसामयिक विषयवस्तुलाई सिनेमामा समेट्दै आएकी छिन् । सिनेमाको सार्वजनिक फस्ट लुकमा देखिएको दीपिकाको लुक्स चर्चा सामाजिक सञ्जाल र बलिउडमा निकै बढ्दो छ ।