anmol jasita

‘रुह-अफ्जा’मा राजकुमार र जाह्ववीको रोमान्स पक्का

‘रुह-अफ्जा’मा राजकुमार र जाह्ववीको रोमान्स पक्का

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड सिनेमा ‘रुह-अफ्जा’मा ‘धडक’ डेव्यु गर्ल जाह्ववी कपूर र राजकुमार रावका जोडी बाँधिएको छ । यो जाह्ववी कपुरको हातमा परेको चौथो ठुलो व्यानरको सिनेमा हो । यो सिनेमामा उनले पहिलो पटक बलिउडमा भर्सटायल अभिनेता छवि बनाएका राजकुमार रावसँग स्क्रिन सेयर गर्लैछिन् । निर्माता दिनेश विजानको यो सिनेमामा राजकुमार र जाह्ववीका अलवा वरुण शर्माको पनि मुख्य भुमिका रहनेछ । जाह्ववी यो सिनेमामा रूही र अफसानाको दोहोरो भुमिकामा देखिनेछिन् ।

निर्माण टिमका अनुसार मुख्य अभिनेत्रीको लागी हामीलाई यस्तो कलाकारको खाँचो थियो, जसले सिनेमाको पात्रको दुई अलग भुमिकालाई फरक तरिकाले निभाउन सकोस् । उक्त भुमिकाको लागी निमार्ण टिमले लिएको अडिसनमा जाह्ववीले राम्रा काम गरेर देखाइन् । सिनेमाको पटकथामा नयाँपन छ र अभिनेत्री पनि यस्तै छिन् निर्देशक हार्दिक मेहताले बलिउड मिडियालाई बताए ।’ २० मार्च २०२० मा फिल्म रिलिज हुनेछ ।

यस्तै निर्माता दिनेश विजानले बलिउड मिडियासँग भनेका छन्, ’सिनेमाका लागि हामीलाई भर्सटायल अभिनेताको खाँचो थियो, जो आफ्नो भूमिकामा सहज रुपमा निर्वाह सकुन । राजकुमार राव र वरुण सानदार अभिनेता हुन् । दुईले आफ्नो अन्दाजमा उत्कृष्ट काम गर्नसक्ने क्षमता राख्दछन् ।’ यो सिनेमालाई हार्दिक मेहताले निर्देशन गर्नेछन् भने दिनेशलाई निर्माणमा मृगदीप सिंह लाम्बाले हात मिलाएका छन् ।

जाह्नवी कपूर एक्टर राजकुमार रावको निकै ठूलो फ्यान हुन् । ’कफी विद करण’ मा उनले राजकुमार आफूलाई निकै मनपर्ने बताएकी थिइन् । राजकुमारसँग स्क्रिन सेयर गर्न पाउने भएपछि अहिले जाह्ववी निकै खुशी छिन् । गत वर्ष प्रदर्शनमा आएको सिनेमा ’धडक’ बाट सुखद डेब्यू गरेकी उनी चाँडै करण जाहरको ’तख्त’ र कारगिल गर्ल गुञ्जन सक्सेनाको बायोपिकमा पनि काम गर्दैछिन् ।