डिभोर्सको तयारीमा प्रिंयका र निक ?

डिभोर्सको तयारीमा प्रिंयका र निक ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गएको वर्षको डिसेम्बरमा धुमधामसंग बिवाह गरेकी बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनको डिभोर्सको खबर बाहिरिएको छ । अमेरिकी पत्रिका ओकेका अनुसार पछिल्लो समय प्रियंका र निकको सम्बन्ध ठिकठाक नभएको उल्लेख गरेको छ । प्रिंयकाले आफुभन्दा १० वर्ष कान्छा निकसँग बिवाह गरेकी थिइन् । उक्त प्रत्रिकाका अनुसार प्रिंयकाको व्यहार अहिले पनि बच्चाको जस्तो हुदाँ बैवाहिक जीवनमा निकै समस्या आइरहेको उल्लेख गरेको छ । अहिले प्रियंका ३६ वर्ष पुगिन् भने निक भर्खर २६ वर्ष पुगेका छन् ।

निक र प्रिंयकाले विवाह गरेको ४ महिना मात्रै भएको छ । पत्रिकामा उल्लेख भएअनुसार, उनीहरु काम देखि लिएर हरेक चिजको लागि झगडा गर्छन् । उक्त पत्रिकाले निकको परिवारले प्रियंकासँग डिभोर्स गर्नको लागि भिख मागेको समेत दाबी गरेको छ । निकको परिवारले प्रियंकालाई एक परिपक्क महिला हुन् र बच्चाको लागि तयार होलिन् भन्ने सोचेको थिए । तर प्रियंकालाई विपरित पाएपछि डिभोर्सको माग गरेका खुलाएको छ । निक भने अझै दोधारमा रहेको पत्रिकामा उल्लेख गरिएको छ ।

यस खबर बाहिरिएपछि प्रियंकाको पीआर अफिसले यो खबर झुटो रहेको सावित गरेको छ । उनीहरुले डिभोर्सको बारेमा सोच समेत नबनाएको पीआर अफिसले दाबी गरेको छ । यतिबेला प्रियंका निकको परिवारसँग ‘जोनस ब्रदर’ शोको मज्जा लिइरहेकी छिन् । प्रियंकाले शोमा सामेल भएको फोटो पनि सामाजिक सञ्जालमा सेयर गरेकी छन् ।