‘आरुसी’को पहिलो गीत ‘मरे भने मरेको पल’ रिलिज (भिडियो)

‘आरुसी’को पहिलो गीत ‘मरे भने मरेको पल’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पुरना तथा पाका निर्देशक उदय सुब्बाको निर्देशनमा तयार भएको सिनेमा ‘आरुसी’को पहिलो गीत सार्वजनिक गरिएको छ । मरे भने मरेको पल बोलको गीत शनिबार सामाजिक सञ्जाल युट्युबमा रिलिज गरिएको हो । सार्वजनिक गीतमा डेव्यु अभिनेता इशक राई र नायिका कला राई फिचर्ड गरिएको छ ।

तारा प्रकाश लिम्बुको संगीत तथा दिनेश राउतको शब्द रहेको गीतमा दीपक लिम्बु र अन्नु चौधरीको स्वर छ । गीतको भिडियोमा दिनेश पाख्रिनको कोरियोग्राफी हेर्न सकिन्छ । विक्रम डिसीले छायांकन गरेको सिनेमालाई सुजन बडालले सम्पादन गरेका हुन् ।

गणपति फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमामा मौनता श्रेष्ठको पटकथा तथा संवाद रहेको सिनेमालाई साहारा प्रधान, केशव कुमार श्रेष्ठ र विरु गुरुङले संयुक्त रुपमा निर्माण गरेका हुन् । सिनेमामा इशक राई र कला राईका अलवा रमा लिम्बु, सुनिल थापा, सुरविर पन्डित, दमन रुपाखेती, विरु गुरुङ, भूपेन्द्र लिङ्देन लगायतका कलाकारको अभिनय रहेको छ ।