अजय देवगण स्टारर सिनेमा ‘दे दे प्यार दे’को ट्रेलर रिलिज (भिडियो)

अजय देवगण स्टारर सिनेमा ‘दे दे प्यार दे’को ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अजय देवगणको मुख्य भुमिका रहेको सिनेमा ‘दे दे प्यार दे’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । लभ रञ्जन फिल्मस् र टि सिरिजको संयुक्त व्यानरमा निर्माण भएको सिोमालाई अकिभ बलीले निर्देशन गरेका हुन् । रोमकोम जनरामा निर्माण भएको सिनेमाको कथा लभ रञ्जनले लेखेका हुन् । सिनेमाले श्रीमतीसँग डिभोर्स गरेर बसेका अधबैंसे पुरुष टिनएज केटीबिचको लभ, रोमान्सको कथालाई प्रस्तुत गरिएको छ ।

मे १७ तारिखबाट विश्वभरका सिनेमा घरमा रिलिज हुने सिनेमामा अजय देवगणका अलवा तब्बु, रकुल प्रित सिंहको मुख्य भुमिका रहेको छ । बलिउडका सफल निर्देशक लभ रञ्जन र गुलसज कुमार, कृष्ण कुमार, लगायतको टिमको लगानी सिनेमामा रहेको छ ।