बलिउडको बहुप्रतिक्षित सिनेमा ‘कलंक’को ट्रेलर रिलिज (भिडियो)

बलिउडको बहुप्रतिक्षित सिनेमा ‘कलंक’को ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काडमाडौं – आगामी अप्रिल १७ तारिखबाट विश्वभरका सिनेमा घरमा रिलिज हुने सन् २०१९ को बहुप्रतीक्षित हिन्दी सिनेमा ‘कलंक’ को ट्रेलर सार्वजनिक गरिएको छ । केही समयअघि सार्वजनिक भएको सिनेमाको टिजरले दर्शकबाट वाहवाही कमाएको यो सिनेमाको ट्रेलर बुधबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

सिनेमाको ट्रेलरमा सजंय दत्त, वरुण धवन, सोनाक्षी सिंन्हा, आलिया भट्ट, माधुरी दीक्षित, आदित्य रोय कपूर लगायतका कलाकारलाई विशेष स्थान दिइएको छ । सिनेमाको सार्वजनिक ट्रेलरमा माया, प्रेम, विवाह र प्रशस्तै सस्पेन्स छोडिएको छ ।

अभिषेक वर्माको लेखन तथा निर्देशन रहेको यो सिनेमामा करण जोहर, साजिद नाडियाडवाला, हिरो यश जोहर र अपूर्व मेहताको लगानी रहेको छ ।