नन्दिताको ‘अमेरिकन बाबु मेड इन नेपाल’ सिधै युट्युबमा रिलिज

नन्दिताको ‘अमेरिकन बाबु मेड इन नेपाल’ सिधै युट्युबमा रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काडमाडौं – नन्दिता केसी र गायक तथा नायक बाबु बोगटी स्टारर सिनेमा ‘अमेरिकन बाबु मेड इन नेपाल’ नमाक नेपाली सिनेमा सिधै सामाजिक सञ्जाल युट्युबमा सार्वजनिक गरिएको हो । यो सिनेमाको सम्पुर्ण निर्माण टिम विदेशमै रहने भएकाले पनि वितरकलाई रिलिजको लागी ताकेता गर्न नसक्दा सिधै युट्युबमा सार्वजनिक गरिएको निर्देशक इश्वर थापाले बताए ।

‘अमेरिकन बाबु मेड इन नेपाल’मा अमेरिकामै बस्ने सम्पुर्ण नेपाली कलाकारको अभिनय रहेको थियो । यही सिनेमाबाट लामो समय पश्चात अभिनेत्री नन्दिता केसी कमव्याकको तयारीमा रहेकी थिइन् । नन्दिता एक समय नेपाली सिनेमा क्षेत्रमा राम्रै बोलबाला रहेकी अभिनेत्री हुन् । यो सिनेमा हलमा रिलिज हुन नसक्दा सिनेमा क्षेत्रमा कमव्याक गर्ने सपना अधुरै रहेको छ ।

सिनेमाको लगानीको ८० प्रतिशत अमेरिका र क्यानडाबाट उठिसकेको जानकारी समेत निर्देशक थापाले दिए । यो सिनेमा नेपालमा केही समय पहिले डिस होममा समेत रिलिज भएको थियो । सिनेमामा बाबु बोगटी र नन्दिता केसीका अलवा स्मृति पोखरेल, एहशान ढकाल लगायतको अभिनय छ । सिनेमालाई राजेश गुरुङ, मन्जु राना, संझना उप्रेतीले निर्माण गरेका हुन् ।