‘प्रेम दिवस’ गीत रिलिज : आयुष्मानसँग प्रिंयकाको अर्को जुनी जिउने कुरा

‘प्रेम दिवस’ गीत रिलिज : आयुष्मानसँग प्रिंयकाको अर्को जुनी जिउने कुरा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – प्रियंका कार्की, आयुष्मान देशराज जोशी र विशाल खरेल स्टारर सिनेमा ‘प्रेम दिवस’ को नयाँ प्रदर्शन मितिसहित दोस्रो गीत सार्वजनिक गरिएको छ । जेठ ३ बाट पोस्टपोन्ड भएको सिनेमा अब जेठ ३१ गतेबाट नेपालभरका सिनेमा घरमा प्रदर्शनमा आउने पक्का भएको हो । सिनेमाको सार्वजनिक ’बरु अर्को जुनी’ बोलको गीतमा दिपक शर्मा संगीत, शान्ति प्रियको शब्द तथा मेलिना राई र निशान भट्टराईको स्वर छ ।

सार्वजनिक गीतको भिडियोमा प्रियंका र आयुष्मानका अलवा डेव्यु अभिनेता विशाल खरेल फिचर्ड गरिएको छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्कीको दोहोरो प्रेमलाई स्थान दिइएको छ । म्युजिकल प्रेमकथामा निर्माण भएको सिनेमा ‘प्रेम दिवस’लाई योगेश घिमिरेले निर्देशन गरेका हुन् । सिनेमामा एक युवतीको दुई युवकसँगको प्रेममा आधारित छ ।

सिनेमामा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । मनिष दाहाल निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता सञ्जय न्यौपाने हुन् । सिनेमाको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । रोशन श्रेष्ठको द्वन्द्व रहेको सिनेमामा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, मानकृष्ण महर्जनको छायांकन छ । सिनेमामा समावेश गीत ‘तिम्रो छेउ सरुँकी म’ले पछिल्लो समय राम्रो चर्चा पाइरहेको छ ।