‘ए मेरो हजुर ३’को लिरिकल गीत ‘सत्य भन्छु’ रिलिज (भिडियो)

‘ए मेरो हजुर ३’को लिरिकल गीत ‘सत्य भन्छु’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबार अर्थात चैत्र २९ गतेबाट रिलिज हुने सिनेमा ‘ए मेरो हजुर ३’को नयाँ लिरिकल भिडियो गीत सार्वजनिक गरिएको छ । ‘सत्य भन्छु’ बोलको लिरिकल गीतमा मुख्य कलाकार अनमोल केसी र डेव्यु गर्ल सुहाना थापाका चल अचल दृश्य समावेश गरिएको छ । सार्वजनिक गीतमा कल्याण सिंहको संगीत, रवि मल्लको शब्द तथा प्रताप दासको स्वर छ ।

स्टार र फ्यानविचको साँगीतीक प्रेमकथामा निर्माण भएको सिनेमालाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । यो सिनेमालाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यही सिनेमाबाट निर्माता सुनिल कुमार थापा र निर्देशक तथा अभिनेत्री झरना थापाले छोरी सुहाना थापालाई नेपाली सिनेमा क्षेत्रमा डेव्यु गराउँदै छन् ।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ । सिनेमामा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ ।