anmol jasita

नयाँ सिनेमा ‘दरबार’मा रजनीकान्तको डबल रोल ?

नयाँ सिनेमा ‘दरबार’मा रजनीकान्तको डबल रोल ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – साउथ इन्डियन सिनेमाका सुपरस्टार अभिनेता रजनीकान्तको नयाँ सिनेमा ’दरबार’को निर्माण घोषणासँगै फस्टलुक पोस्टर रिलिज भएको छ । सिनेमाको पोस्टर रिलिज भएको केही समयमा नै सामाजिक संजालमा भाइरल भएको भारतीय संचार माध्यमले जनाएका छन् ।

लाइका प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमामा रजनीकान्त एक प्रहरी अफिसर र समाजसेवीको भूमिकामा निर्वाह गर्दैछन् । सिनेमा दरबार आगामी वर्षको जनवरी १० तारिखबाट विश्वभरका सिनेमा घरमा रिलिज हुने बलिउड मिडियाले समाचार प्रकासन गरेका छन् । निर्माण टिम र बलिउड मिडियाले सिनेमामा रजनीकान्त दोहोरो भुमिकामा देखिने अनुमान गरेका छन् । यो सिनेमाको सुटिङ बुधबारबाट मुम्बईमा सुरू हुनेछ ।

सिनेमालाई ’गजनी’ निर्देशक ए आर मुरूगदासले निर्देशन गर्नेछन् । सिनेमामा रजनीकान्त अपोजिटमा अभिनेत्री नयनतारा प्रमूख भूमिका देखिनेछिन् । यो रजनीकान्तसँग नयनताराको चांैथो सहकार्य हो । यस्तै निर्देशन मुरूगदासले रजनीसँग पहिलो पटक काम गर्दैछन् । रजनी र नयनतारले ११ वर्ष पहिले ‘चन्द्रमुखी’, ‘कुसेलन’ र ‘शिवाजी’मा एकसाथ स्क्रिन सेयर गरेका थिए ।