‘ए मेरो हजुर ३’को शिर्ष गीतमा रकस्टार अनमोल केसी (भिडियो)

‘ए मेरो हजुर ३’को शिर्ष गीतमा रकस्टार अनमोल केसी (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भोली शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ए मेरो हजुर ३’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सिनेमा प्रदर्शनको एक दिन पहिले सिनेमाको शिर्ष गीत सार्वजनिक गरिएको हो । ‘ए मेरो हजुर’ बोलको शिर्ष गीतमा उदयराज पौडेलको एरेञ्ज, प्रतिक पौडेल र पुष्पन प्रधानको संगीत तथा प्रतिक पौडेलको शब्द र प्रताप दासको स्वर छ । सार्वजनिक गीतको भिडियोमा सुपरस्टार अनमोल केसी र डेव्यु गर्ल सुहाना थापालाई फिचर्ड गरिएको छ ।

स्टार र फ्यानविचको साँगीतीक प्रेमकथामा निर्माण भएको सिनेमालाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । यो सिनेमालाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यही सिनेमाबाट निर्माता सुनिल कुमार थापा र निर्देशक तथा अभिनेत्री झरना थापाले छोरी सुहाना थापालाई नेपाली सिनेमा क्षेत्रमा डेव्यु गराउँदै छन् । सिनेमामा अनमोल केसीको डबल रोल रहेको छ । ‘ए मेरो हजुर ३’ले पाएको चर्चा परिचर्चा हेर्दा सिनेमाले बम्पर ओपनिङ गर्ने आशा सिनेमाकर्मीलाई छ ।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ । सिनेमामा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ ।