‘दयारानी’को पहिलो गीत ‘चिरी च्याट्टै’ रिलिज (भिडियो)

‘दयारानी’को पहिलो गीत ‘चिरी च्याट्टै’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गुरुङ भाषाको सिनेमामा चलेका निर्देशक तथा कलाकार माओत्से गुरुङको डेव्यु निर्देशकिय फिचर सिनेमा ‘दयारानीको पहिलो गीत सार्वजनिक गरिएको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन स्टारर सिनेमा ‘दयारानी’ को पहिलो गीत नयाँ वर्ष २०७६ को अवसरमा सार्वजनिक गरिएको हो । ’चिरी च्याट्टै’ बोलको गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत र स्वर छ । उनलाई फिमेल स्वरमा मेलिना राईले साथ दिएकी छन् । लोक फ्लेवरको गीतमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई र दीया पुनलाई फिचर्ड गरिएको छ । विक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतको भिडियोलाई रवि न्यौपानेले खिचेका हुन् ।’

सार्वजनिक गीत ’चिरी च्याट्टै’मा दर्शकको मुखमा सजिलै झुण्डिने खालका शब्द गीतकार सिवाकोटीले तयार पारेका छन् । भिडियोमा पनि निर्माण टिमले रामै मिहिनेत गरेको देखिन्छ । दया र दीयाको केमेस्ट्री पनि कमालको देखिएको छ । जेष्ठ १० गतेबाट देशभर प्रदर्शनमा आउने यो सिनेमाले एक खराब श्रीमान र एक दयालु श्रीमतीको कथा भन्ने निर्देशक गुरुङले बताएका छन् । सिनेमा आर्टस्को ब्यानरमा निर्माण भएको सिनेमाको कथा निर्देशक स्वयम्ले लेखेका छन् । सिनेमामा दया र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले लगायतका कलाकारहरुको पनि अभिनय छ । सिनेमालाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । अभिनेता दयाहाङको नामसँग मिल्दोजुल्दो भएका कारण सिनेमाको नाम ’दयारानी’ नराखिएको निर्देशक गुरुङको भनाई छ । माओत्से भन्छन्, ’गुरुङ समुदायमा दयालु यूवतीलाई दयारानी भन्ने गरिन्छ । सिनेमामा अभिनेत्री दीया पुनलाई दयालु युवतीको रुपमा प्रस्तुत गरिएको छ ।’