सलमान स्टारर सिनेमा ‘भारत’को अफिसियल पोष्टर रिलिज

सलमान स्टारर सिनेमा ‘भारत’को अफिसियल पोष्टर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउडको यो वर्षको बहुप्रतिक्षीत सिनेमा ‘भारत’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेता सलमान खानको बुद्ध अवस्थाको लुक्सलाई रिभिल गरिएको हो । उनलाई बिल्कुलै नयाँ लुक्समा देख्न सकिन्छ । पोस्टरबाट अनुमान लगाउन सकिन्न कि, यो मेकअपको कमाल हो । किनकि, उनको लुक्स र मेकअप निकै रियल देखिएको छ ।

सलमानले आफ्नो ट्विटर अकाउन्टमा यो तश्बिर सेयर गरेका छन् । पोस्टर सेयर गर्दै उनले लेखेका छन्, ’जति सेतो मेरो कपाल र दाह्री छ, त्योभन्दा बढी रंगीन मेरो जिन्दगी छ ।’ ‘भारत’ मा सलमान १८ वर्षको युवकदेखि ७० वर्षको वृद्धसम्मको भूमिकामा देखिनेछन् । यो सिनेमामा सलमान ६ अलग अलग लुक्स देखिने छन् । यो सिनेमा अगामी इदमा रिलिज हुँनेछ ।

‘भारत’मा सलमान खानका अलावा कटरीना कैफ र दिशा पाटनी, ज्याकी श्राफ, सुनिल ग्रोवर, नोरा फतेहीको पनि अभिनय रहेको छ । यो सिनेमालाई अली अब्बास जफरले निर्देशन गरेका हुन् । ‘भारत’ सलमान र अलीको तेस्रो सहकार्य हो । योभन्दा अगाडि उनीहरुले ’सुल्तान’ र ’टाइगर जिन्दा हे’मा एकसाथ काम गरेका थिए । यी दुबै सुपरहिट भएको थियो । यो सिनेमामा कटरीको ठाउँमा पहिले प्रिंयका चोपडालाई साइन गराइएको थियो । अन्तीम समयमा प्रिंयकाले भारत छोडे पश्चात सिनेमामा कटरीनाको प्रवेश भएको थियो ।