‘विर विक्रम २’ गीत रिलिज : वर्षासँग बाचा गर्दै पल (भिडियो)

‘विर विक्रम २’ गीत रिलिज : वर्षासँग बाचा गर्दै पल (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पल शाह र वर्षा सिवाकोटी स्टारर सिनेमा ‘विर विक्रम २’को दोस्रो गीत सार्वजनिक गरिएको छ । आगामी जेष्ठ ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘विर विक्रम २’को दोस्रो गीत मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका विच रिलिज गरिएको हो । ‘बाचा…’ बोलको गीतमा ताराप्रकाश लिम्बुको संगीत, संचारकर्मी नरेश भट्छराईको शब्द तथा संगीतकार लिम्बु र दीपा लामाको स्वर छ । सार्वजनिक गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता अर्पण सापकोटा हुन् । भने सिनेमामा रञ्जीता सिवाकोटी सह निर्माताको रुपमा रहेकीछन् । ‘विर विक्रम २’मा नाजीर हुसेन, देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षितीज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ । यो सिनेमालाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन् ।

सिनेमामा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, हिमाल केसीको द्धन्द्व, रञ्जीत गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन रहेको छ ।