‘मेतोक’को पहिलो गीत रिलिज (भिडियो)

‘मेतोक’को पहिलो गीत रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ह्योल्मो भाषामा निर्माण भएको सिनेमा ‘मेतोक’को पहिलो गीत सार्वजनिक गरिएको छ । राजु लामाको स्वर रहेको ‘सेम नि सेम चि..’ बोलको गीत इन्टरनेटमा रिलिज भएको हो । ‘मेतोक’ सिनेमाका लागि बनाइएको गीतमा राजु लामालाई गायिका तेन्जिन ह्योल्मोले साथ दिएकी छिन् । दावा डी ह्योल्मोको शब्द अनि संगीत रहेको गीतमा अभिनेता ठिलेन लामा र अभिनेत्री निमा डोल्मा लामालाई फिचर्ड गरिएको छ ।

गीतको भिडियोमा सन्तोष राज बाहकको कोरियोग्राफी हेर्न सकिन्छ । भने, राम कुमार केसीले मुस्ताङ्गको लोभ लाग्दो दृष्य भिडियोमा पस्केका छन् । त्यस्तै उक्त भिडियोलाई संदेश शाहले सम्पादन गरेका हुन् । सिनेमामा ठिलेन र नीमाको साथमा दावा दोर्जे लामा, डोमा ह्योल्मो, छेम्बेल ह्योल्मो, भिम ज्याबा लगाएत कलाकारहरुको मुख्य भुमिका रहेको छ । ठिलेन इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको सिनेमालाई सार्किनी ज्याबाले निर्माण गरेकी हुन् । सिनेमालाई ठिलेन लामाले निर्देशन गरेका हुन् ।