बलिउड सिनेमा ’इन्डियाज मोस्ट वान्टेड’को टिजर रिलिज (भिडियो)

बलिउड सिनेमा ’इन्डियाज मोस्ट वान्टेड’को टिजर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपालमा छायाँकन गरिएको बलिउड सिनेमा ’इन्डियाज मोस्ट वान्टेड’को टिजर सार्वजनिक गरिएको छ । सिनेमा निर्माण युनिटले पोखरामा केहीदिन सेट लगाएर नै सिनेमाको छायाँकन गरेको थियो । पछिल्लो समय यो सिनेमामा नेपाली कलाकारको पनि अभिनय रहने चर्चा थियो । टिजरमा बलिउड अभिनेता अर्जुन कपुरसँगै पुलिसको वर्दीमा नेपाली कलाकार देख्न सकिन्छ । रवि गिरीलगायत अन्य नेपाली कलाकार टिजरमा फिचर्ड छन ।

सत्य घटनामा आधारित फिल्मको टिजरमा पोखराका दृश्य पनि देख्न सकिन्छ । राजकुमार गुप्ता निर्देशन गरेको यो सिनेमा आगामी मे ४ देखि प्रदर्शनमा आउनेछ । भारतमा भएको आतंकवादी आक्रमणपछि अपराधी खोज्न नेपाल आएको भारतीय टिमको कथामा सिनेमा निर्माण भएको सार्वजनि टिजरबाट बुझ्न सकिन्छ ।