आर्यन, निता र राजपाल स्टारर सिनेमा ‘कड्के कमाल के’ ट्रेलर रिलिज

आर्यन, निता र राजपाल स्टारर सिनेमा ‘कड्के कमाल के’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली कलाकार बलिउड कलाकारको समिश्रण रहेको सिनेमा ‘कड्के कमाल के’को ट्रेलर सार्वजनिक गरिएको छ । बलिउड अभिनेता राजपाल यादव र नेपाली अभिनेता आर्यन अधिकारी र अभिनेत्री नीता ढुंगानाको भुमिका रहेको सिनेमाको ट्रेलर केही दिन पहिले भारतको प्रतिष्ठित म्यूजिक कम्पनी जि म्यूजिक कम्पनीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । सिनेमाको सार्वजनिक ट्रेलर कमेडीले भरिपुर्ण छ ।

सिनेमामा बलिउडका चर्चित कलाकार राजपाल यादवले आर्यनको मामाको भूमिका निर्वाह गरेका छन् । यो सिनेमाको अधिकांश छायांकन नेपालका सुन्दर लोकेसनमा गरिएको छ । सार्वजनिक ट्रेलरमा अभिनेता आर्यन अधिकारीलाई कमेडी, एक्सन र रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । अभिनेत्री नीताले भने ट्रेलरमा पर्याप्त ’स्क्रिन स्पेश’ पाएकी छैनन् । न त उनलाई कुनै संवाद नै दिइएको छ ।

ऐतवारी सिंहको लगानी रहेको सिनेमामा भारतका निर्माता आशिष राजे सिनेमाका निर्माता हुन् । सिनेमाको कथा निर्देशक सिंह र भि.के. सिंहले तयार पारेका हुन् । ट्रेलरभरी आर्यन, राजपाल र एञ्जल श्रेष्ठ छाएका छन् । मे २४ अर्थात् नेपाली मिति अनुसार जेठ १० गतेबाट यो सिनेमा नेपाल तथा भारतका सिनेमा घरमा प्रदर्शनमा आउँदैछ । सिनेमामा भारतकी चर्चित कलाकार ऊषा नाडकर्णीको पनि अभिनय छ । साथै दया शंकर पाण्डे, विजय पाटकर, राना जंग बहादुर लगायतका कलाकारहरुको पनि अभिनय रहेको सिनेमालाई लक्ष्मण सिंहले निर्देशन गरेका हुन् ।